काठमाडौँ : सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपबाट सफाइ दिएको छ।
विशेष अदालतले दोषी ठहर गरेको फैसला उल्ट्याउँदै सर्वोच्चले लामा निर्दोष ठहर गरेको हो।
२०७० साल जेठ महिनामा नेपाल सरकारको सम्पत्ति शुद्धीकरण विभागले लामाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
लामाले २७ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोप थियो। २०७५ साल साउन २४ गते विशेष अदालतले लामालाई दोषी ठहर गर्यो। अदालतले एक करोड ४० लाख रुपैयाँ बिगो र एक वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
तर न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले ती सबै फैसला उल्ट्याएको छ। सर्वोच्चको फैसलासँगै लामा कानुनीरूपमा निर्दोष प्रमाणित भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।