|

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका क्रममा उनी अदालतमा आफैँ हाजिर हुन जाने भएका हुन्।

पूर्वमन्त्री तथा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीका अनुसार अदालतको दैनिक मुद्दा सूची (कज लिस्ट) आउनासाथ नेपाललाई त्यहाँ लगिने बताए।

अदालतले म्याद तामेलीपत्र पठाइएको छैन। सार्वजनिक चर्चामा सुनेका आधारमा पनि कुनै मुद्दाका विषयमा सम्बन्धित व्यक्ति अदालतमा हाजिर हुन पाइने सुविधा उपयोग गर्दै नेपाल जान लागेका हुन्। अदालतले पहिलो विहान ११ बजेभित्र पेसी सूची प्रकाशित गर्ने गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.