|

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाले घटेर  १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।

यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस आधारमा अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा आव १ हजार ५०० रुपैयाँ घटेको हो।

यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो। यस आधारमा बुधवार चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.