|

पर्सा : असोज २ गते स्थानीय तहको निर्वाचन भएको प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मत गणना निकै सुस्त गतिमा भइरहेको छ। निर्वाचन आयोगले छिटो मत परिणाम सार्वजनिक गर्ने भनेर ११ वटा टोली बनाएर मत गणना गर्ने भने पनि ६ स्थानमा मात्रै मतगणना भइरहेको छ।

मंगलबार दिउँसो २ बजेबाट सुरु भएको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको २० घण्टा पुगदा ४५ सय मत मात्र गणना भएको छ। निर्वाचन आयोगले पाँच दिनमा सबै स्थानिय तहको मत परिणाम सार्वजनिक गरिसक्ने भने पनि यही गतिमा वीरगञ्ज महानगरको मतगणना हुने हो भने कम्तीमा २० दिन लाग्ने देखिन्छ।

पर्साका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले घोषणा गरेजसरी पाँचदिनमा मतपरिणाम आउन नसक्ने बताएका छन्। उनले प्रतिनिधिको अनावश्यक झमेला र कर्मचारीको अभावका कारण ५ दिनमै वीरगञ्ज महानगरपालिकाको मत परिणाम दिन नसकिने अवस्था आएको थाहा खबरसँग बताएका छन्। उनले ५ वटा स्थानमा मतगणना गर्ने व्यवस्था गरेर छिटोभन्दा छिटो परिणाम दिने तयारीमा लागेको बताए।

३२ वडा वडा रहेको महानगरमा रहेका १ लाख ८ हजार ५०१ मतदाता मध्ये ८४ हजार ४६४ मत खसेको छ। वीरगञ्ज महानगरपालिकाको प्रमुखको लागि ३५ जना र उपप्रमुखमा १० जना चुनावी मैदानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.