|
फाइल फोटो

पर्सा : स्थानीय तह निर्वाचनको तेस्रो चरणमा बढि चासो रहेको प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा फेरि नेपाली कांग्रेसले अग्रता लिएको छ। ११ हजार ७ सय २१ मत गन्दा कांग्रेस अघि रहेको छ। कांग्रेसलाई राजपाले पछ्याइरहेको छ।

बिहीबार बिहान सार्वजनिक गरिएको मतपरिणाम अनुसार राजपालाई पछि पार्दै नेपाली कांग्रेसले फेरी अग्रता लिएको छ। नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार अजय द्धिवेदीले २६ सय ४ मत प्राप्त गरेका छन् भने उपप्रमुखकी उम्मेदवार शान्ति कार्कीले २९ सय ८० प्राप्त गरेकी छन्। राजपाबाट महानगर प्रमुखका उम्मेदवार बनेका राजेशमान सिंहले २५ सय ५८ र उपप्रमुखकी उम्मेदवार रम्भा मिश्राले २३ सय ४८ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी छन्। सरावगीले १७ सय ५०  र उपप्रमुखकी उम्मेदवार पिंकी यादवले १७ सय १४ मत पाएका छन्।

माओवादी केन्द्रबाट महानगर प्रमुखको उम्मेदवार रहबर अन्सारी चौथौ नम्बरमा छन्। उनले १४ सय २८ मत प्राप्त गरेका छन् भने उपप्रमुखकी उम्मेदवार दुर्गा क्षेत्रीको १ हजार १२ मत प्राप्त गरेकी छन्।

त्यसैगरी प्रमुखमा एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीको १२ सय ४९ मत रहेको छ भने एमालेबाट उपप्रमुखकी उम्मेदवार सोफिया आचार्यले १४ सय ६३ मत प्राप्त गरेकी छन्। लोकतान्त्रिक फोरमका उम्मेदवार विमल श्रीवास्तवले ७८८ मत प्राप्त गरेका छन् र उपप्रमुखकी उम्मे्दवार रिंकी यादवले ६३८ मत ल्याएकी छन्।

कुल १ लाख ८ हजार ५०१ मतदाता रहेको वीरगन्ज महानगरमा सोमबार भएको निर्वाचनमा ८४ हजार ३ ६३ मत खसेको थियो। वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २ , ३ , ४ , ५ , २८ , २९ ३०, ३१ र ३२ को गरी १० स्थानमा मतगणनामा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.