|

वीरगंज : बाराको पर्सौनी गाउँपालिका वडा नं.४मा आफ्नै मामालाई पराजित गर्दै भान्जा विजयी भएका छन्। राष्ट्रिय जनता पार्टीका तर्फबाट वडा नं.४मा आनन्द कुमार साह आफ्नो पूरा प्यानलसहित विजयी भएका हुन्।

पर्सौनी गाउँपालिकाको वडा नम्बर ४ मा आफ्नो निकटम प्रतिद्वान्द्वी आफूनै मामा पर्ने नेपाली कांग्रेसका सञ्जयकुमार साह कलवारलाई १० मतको अन्तरले पराजित गर्दै राजपाका गुप्ता विजयी भएका हुन्। राजपाका आनन्द कुमार साहले ५०३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जय कलवारले ४९३ मत प्राप्त गरेका छन्।

कांग्रेसका सञ्जय कुमार साल विजय भएका आनन्दकुमार गुप्ताको आफ्नै मामा पर्छन्। आफ्नै मामा र भान्जा बीचको यो रोचक प्रतिस्पर्धामा भान्जाले विजयी हासिल गरेपछि सर्वाधिक चर्चाको विषय बनेको छ।

त्यसैगरी, प्रर्सौनीको वडा नम्बर ५ को पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार राष्ट्रिय जनता पार्टीले नेकपा एमालेलाई पराजित गर्दै विजयी हासिल गरेको छ। राष्ट्रिय जनता पार्टीको तर्फबाट वडा अध्यक्षमा सिनी सह तेलीले ४५६ मत प्राप्त गर्दै उनका निकटम प्रतिद्वन्द्वी एमालेका सन्तोष कुमार साहलाई २८ मतले पराजित गरेका छन्। साहले ४२८ मत प्राप्त गरेका छन् ।

प्रर्सौनीमा रहेका ७ वटा गाउँपालिकामा अहिलेसम्म राजपाले ४ वडामा आफ्नो कब्जा जमाएको छ। त्यसैगरी, एउटा वडामा माओवादी केन्द्रले जित प्राप्त गरेको छ। वडा नम्बर ४ र ५ बाहेक वडा नम्बर २. मा राजपाका सुरेश कुमार गुप्ता र वडा नम्बर ३ मा बैजनाथ प्रसाद गुप्ता विजय भएका छन् भने वडा नम्बर १ मा माओवादी केन्द्रका लालबाबु मुखिया विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.