|

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा मतगणना जारी रहँदा संघीय समाजवादी फोरमले अग्रता लिएको छ। ४१ हजार ९ सय ३२ मतगणना हुँदा नगरप्रमुख पदमा संघीय समाजवादी फोरमका उम्मेदवार कांग्रेसका उम्मेदवारभन्दा ३८ भोटले अगाडि छन्।

फोरमका विजय सरावगीले ९२३२ मत ल्याएका छन् भने कांग्रेसका अजय द्विवेदीले ९१९४ मत ल्याएका छन्। यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेशमान सिंहले ६४०९ मत प्राप्त गरेका छन्।

उपप्रमुखतर्फ कांग्रेसका उम्मेदवारले अग्रता लिएकी छिन्। उनले १० हजार पाँच सय ५८ मत प्राप्त गरेकी छिन्। यस्तै फोरमकी उम्मेदवारले ८६४२ मत ल्याएकी छिन्।
राजपाकी उम्मेदवारले ५५२१ प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.