|

सिरहा : जिल्लाको १७ वटै स्थानीय तहको अन्तिम नतिजा घोषणा भइसक्दा  ४ नगरपालिकासहित ६ स्थानीय तह जितेर माओवादी केन्द्र पहिलो भएको छ। माओवादी केन्द्रले धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा नगरपालिकासहित अर्नमा र औरही गाउँपालिका गरी छ स्थानीय तह जितेको छ।

संघीय समाजवादी फोरम  एक नगरसहित ५ स्थानीय तह जितेर दोस्रो भएको छ।भगवानपुर, विष्णुपुर, लक्ष्मीपुरपतारी, बरियारपट्टि गाउँपालिका र सिरहा नगरपालिकासहित पाँच स्थानीय तह जितेको छ। 

२०६४ सालमा संविधानसभाको पहिलो निर्वाचनमा जिल्लाका छ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्र जितेर पहिलो बनेको फोरम त्यसपछि पार्टीमा आएको विभाजनको काराणले कमजोर बनेको आँकलन गरिएको भएपनि स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा बलियो भएको देखिएको छ। 

एमालेले नरहा, सखुवानन्कारकट्टी गाउँपालिकासहित लहान र सुखीपुर नगर जितेको छ। दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाको ४ क्षेत्र जितेर पहिलो बनेको कांग्रेस स्थानीय तहको निर्वाचनमा नवराजपुर गाउँपालिका र कल्याणपुर नगरपालिकासहित दुई तहमा सिमित भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.