धनुषा : प्रदेश नम्बर २ को सम्भावित राजधानी जनकपुर उपमहानगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी नेपालका लालकिशोर साह निर्वाचित भएका छन्।
आइतबार सार्वजनिक मत परिणाम अनुसार साहले २१ हजार ९०३ मत ल्याए। कांग्रेसका मनोजकुमार साह सुडीले जम्मा ११ हजार १६४ मत ल्याए। तेस्रो स्थानमा रहेको नेकपा एमालेका लक्ष्मीनारायण भगतले ४ हजार ७६५ मत पाए। संघीय समाजवादी फोरमका विष्णुदेव साहले ४ हजार २६२ मत पाए।
उपप्रमुखमा पनि राजपाकी रिताकुमारी मिश्र १७१४७ मत ल्याएर विजयी भइन्। कांग्रेसकी मिलनदेवी कर्णले १०६०५ मत ल्याइन्। एमालेकी पुनमकुमारी मिश्रले ४९७२ मत पाइन् भने संघीय समाजवादी फोरमकी रिताकुमारी यादवले ४ हजार २ सय ६२ मत पाइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।