१४ वटा वडाको अन्तिम परिणाम आउँदा कसले कति जिते?

|

सप्‍तरी: तेस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत अब २ वटा स्थानीय तहको मात्रै अन्तिम परिणाम आउन बाँकी छ। धेरैको ध्यान दुई नम्वर प्रदेशको एक मात्र महानगरपालिका विरगञ्ज र सप्‍तरीको राजविराज नगरपालिकामा छ। राजविराजमा राष्‍ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग संघीय समाजवादी फोरम प्रतिस्पर्धामा देखिएको छ। अब दुई वटा वडाको मात्रै अन्तिम परिणाम आउन बाकी रहेकोमा नगरपालिका प्रमुखमा २ सय ४६ मतको मात्रै मतान्तर रहेको छ।

कसको कति मत?

नगरपालिका प्रमुखमा राजपाका शम्भुप्रसाद यादवले ४ हजार ३४७ मत ल्याएर अग्रता कायम गरेका छन्। उनलाई पच्छ्याएका संघीय समाजवादी फोरमका भीमराज यादवले ४ हजार १०१ मत ल्याएका छन्। अहिलेसम्म तेस्रो प्रतिस्पर्धी देखिका माओवादी केन्द्रका अनिस अन्सारीले ३ हजार ४१ मत ल्याएका छन्।

उप-प्रमुखमा पनि राजपा संघीय समाजवादी फोरम बीचको नै प्रतिस्पर्धा रहेकोकोमा मतान्तर भने धेरै  देखिएको छ। राजपाकी उम्मेदवार साधना झाले ४ हजार ७ सय ७६ मत ल्याउदा प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी उम्मेदवार किरणकुमारी शाहले ३ हजार ६५६ मत ल्याएकी छन्।

कति वडा कसले जिते?

१६ मध्ये १४ वडाको अन्तिम परिणाम आएकोमा वडा अध्यक्षमा राजपा र माओवादी केन्द्रका उम्मेदवार समान सिट जितेका छन्। यी दुई पार्टीका उम्मेदवारले समान ४ वटा वडामा जित हात पार्दा संघीय समाजवादी पार्टीका उम्मेदवारले ३ सीटमा जित हात पारेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवारले २ र नेपाली कांग्रेसका उम्मेदवारले १ वटा वडामा जितेका छन्। अव १३ र १५ नम्वर वडाको अन्तिम परिणाम आउन बाँकी छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.