|
फाइल फोटो

वीरगञ्ज : पर्सा जिल्लामा रहेका पेट्रोल पम्पहरुले सिमावर्ती भारतीय बजारमा डिजेल र पेट्रोल निर्यात गर्न थालेपछि यस क्षेत्रका नेपाली उपभोक्तालाई समस्या भएको छ। भारतभन्दा नेपालमा पेट्रोलियम पर्दाथको मूल्य सस्तो भएकोले तस्करहरुले नेपालबाट भारततर्फ तस्करी गर्न थालेपछि नेपाली उपभोक्तालाई समस्या भएको हो।

पेट्रोल पम्पका सञ्चालकहरुले भारतीय तस्करहरुसंग मिलेर रातिको समयमा मोटरसाइकल तथा ट्याक्टरमा लोड गरी भारततर्फ तस्करी गर्न थालेपछि नेपाली उपभोक्ताहरु चर्को मूल्यमा बोतलमा राखिएका पेट्रोलियम पदार्थ ब्ल्याकमा किन्न बाध्य छन्।

नेपालभन्दा भारतमा पेट्रोल १९ र डिजल २७ रुपैयाँ प्रतिलिटर महङ्गो पर्छ। आफूहरुले आवश्यकताअनुसार पेट्रोलियम पदार्थ नेपाली डिलरहरुलाई वितरण गर्ने गरेको भए पनि प्रहरी प्रसाशनले तस्करी नियन्त्रणमा ध्यान नदिएपछि नेपाली उपभोक्ताहरु मारमा परेको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका कार्यालय प्रमुख उपेन्द्रकुमार नेपालले बताए।

भारतमा पेट्रोल प्रतिलिटर भारु ७२.५ अर्थात नेपाली ११६ र डिजल भारु ६२.५ भने नेपाली १०० प्रतिलिटर रहेकाले तस्करहरुले कमाउने माध्यम बनाएको नेपालले बताए। नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख नेपालले आफुहरुले  दुईदेखि तीन लाख लिटर डिजल र ४८ देखि ६० हजार लिटर पेट्रोल वीरगञ्ज कार्यालयबाट दैनिक वितरण गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.