|

वीरगञ्ज : वीरगञ्जका पूर्व नगरप्रमुख विमल श्रीवास्तव संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने भएका छन्। बुधबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी श्रीवास्तवले कार्यकर्ताको मनोभावना अनुरुप आगामी शुक्रबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टी प्रवेश गर्न लागेको जानकारी दिए।

उनले मुलुकको राजनैतिक ध्रुवीकरणको कारण अस्थिरता बढ्दै गएकाले फोरम नेपालमा प्रवेश गरेको समेत बताए। वर्तमान स्थितिमा आफूहरुले राजनीतिमा धेरै तनाव र फेरबदल व्यहोरिरहेको बताउँदै नेता श्रीवास्तवले क्षणक्षणमै पार्टी परिवर्तन गर्ने अवस्था आउनुलाई परिस्थितिजन्य कमजोरी भएको बताए।

पहिले राष्ट्रिय जनता पार्टीमा रहेका श्रीवास्तव स्थानीय निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए। तर लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरण भएपछि उनी कांग्रेसमा नगई संघीय समाजवादी फोरम नेपालमा जान लागेका हुन्।

राजपाबाट आफूहरु फोरम लोकतान्त्रिकमा प्रवेश गरेको केही समयमै फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएको बताउँदै श्रीवास्तवले कांग्रेसमा जाने चाहना आफ्ना कार्यकर्ताले नगरेपछि फोरम नेपालमा प्रवेश गर्न लागेको बताए। पार्टीले टिकट नदिए फोरम नेपाल त छाड्नुहुन्न भन्ने सञ्चारकर्मीको जिज्ञासामा श्रीवास्तवले तराइ  मधेस र प्रजातान्त्रिक गठबन्धनसंग जोडिने कार्यकर्ताको भनोभावना अनुरुप फोरम नेपालमा निशर्त जान लागेको प्रष्ट पारे।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा आफ्ना कार्यकर्ता र आफूलाई फोरम नेपालले जे जिम्मेवारी दिए पनि त्यो वहन गर्न तयार रहेको समेत नेता श्रीवास्तवले बताए। पत्रकार सम्मेलनमा पूर्व नगर उपप्रमुख पुरुषोतम झा, जनार्दन यादव, शशीकपुर मिया, रेखा साह लगायत सहभागी थिए।

स्थानीय निर्वाचनमा राजपाले नगर प्रमुखको उम्मेदवार नबनाएपछि लोकतान्त्रिक फोरम प्रवेश गरेका श्रीवास्तवले चौथो धेरै मत ल्याएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.