|

वीरगञ्ज : दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि पर्सामा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ। पर्सामा वीरगञ्जको नेशनल ट्रेडिङ लिमिटेडको परिसरमा स्थापना भएको कार्यालयमा उम्मेदवारी दर्ता भएको छ।

प्रतिनिधिसभातर्फ पर्सा क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरमबाट प्रदीप यादव, नेपाली कांग्रेसका अनिल रुंगटा, एमालेका विचारी यादव,  विवेकशील साझा पार्टीका मोहम्मद रजाक, नेमकिपाबाट सरोजकुमार साह, नेकपा मार्क्सवादीका शंकरप्रसाद चौरसिया, नेपाल संघीय समाजवादी पार्टीबाट मोहम्मद कदम रसुल, स्वतन्त्र उम्मेदवार   दिपकुमार वर्माले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट संघीय समाजवादी  फोरमका विमल श्रीवास्तव र नेपाली कांगेसका अजयकुमार चौरसियाले उम्मेदवारी दर्ता गरेका छन्। वाम गठबन्धनका तर्फबाट माओबादीका युवा नेता रहबर अन्सारीले मनोनयन दर्ता गराएका छन्। यसअघि स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखको उम्मेदवार रहेका रहबरले दोहोर्‍याएर टिकट पाएका हुन्।

क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट राजकुमार गुप्ता, नेपाली कांग्रेसबाट सुरेन्द्र चौधरी, फोरम नेपालबाट हरिनारायण रौनियार,  नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादव, नेमकिपाबाट इस्लाम मिया, स्वतन्त्र उम्मेदवारहरु अजयकुमार गुप्ता, वीरेन्द्रप्रसाद कोइरी, शिवजी गुप्ता, प्रदीपकुमार रौनियार, धुरेन्द्र पटेल लगायतले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल, वाम गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै राजपाका वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्ण, नेमकिपा साहेब मिया तेली, स्वतन्त्र उम्मेदवार बनारसी राउत अहिर, मुमताज अहमद गदीले समेत उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशसभा तर्फ

क्षेत्र नम्बर १ को क मा संघीय समाजवादी फोरमका जन्नत अंसारीको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर १ को (ख) मा फोरमका लालबाबु राउत गद्दी, नेकपा मार्क्सवादीबाट महम्मद आलम देवान फकिरले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै क्षेत्र नम्बर २ को ख बाट स्वतन्त्र उम्मेदवारहरु हरिशंकर साह कानु, प्रमोद कुमार रायमाझीले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं.३ को क बाट फोरम नेपालबाट मन्जुर आलम ,स्वतन्त्र उम्मेदवार सुनिल कुमार कोइरी पर्सा ३ को ख मा नेपाली कांग्रेसबाट पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री,फोरम नेपालबाट प्रल्हाद गिरी, वाम गठबन्धनबाट छोटेलालप्रसाद यादव, स्वतन्त्र हरिहरप्रसाद साह कानुले उम्मेदवारी दर्ता गराएका छन्।

यता नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा १ को क बाट रामनारायण प्रसाद कुर्मी, ख बाट विजय सर्राफ, २ को क बाट राजेश्वरप्रसाद तेली र ख बाट रामरुपप्रसाद कुर्मी, क्षेत्र नम्बर ३ को क बाट चन्द्रकिशोर प्रसाद र ख बाट जनार्दन सिंह क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर ४ को क बाट कांग्रेसका शंकरप्रसाद चौधरी र ख बाट वशिष्टनारायण कुर्मीले उम्मेदवारी दर्ता गराएका छन्।

राजपाका महामन्त्री र नगर अध्यक्षको स्वतन्त्र उम्मेदवारी

पार्टीले टिकट नदिएको भन्दै राजपाका महामन्त्री शिव पटेल र युवा नेता ओमप्रकाश सर्राफले स्वतन्त्र रुपमा प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गराएका छन्। पटेलले निर्वाचन क्षेत्र नम्बर २ को ख र सर्राफले १ को ख बाट उम्मेदवारी दर्ता गराएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.