|

वीरगंजः वीरगंजको छपकैयामा अंशबण्डाको विषयलाई लिएर विवाद हुँदा दाजुको कुटाइबाट बुधबार भाइको मृत्यु भएको छ।

वीरगंज महानगरपालिका– २ छपकैयाका ३५ वर्षका मकबुल मियाँको बुधबार उपचारको क्रममा मृत्यु भएको हो। मंगलबार दिउँसो साढे ३ बजे पक्की घर बनाउने क्रममा जग्गाको विषयलाई लिएर दाजु–भाइबीच कुटाकुट हुँदा ४० वर्षका दाजु अरसुल मियाँले इट्टाले हान्दा भाइ मकबुलको टाउकोमा गम्भीर चोट लागेको थियो।

गम्भीर घाइते मकबुललाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई वीरगंज हेल्थ केयर अस्पतालमा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। 

उनको उपचारको क्रममा बुधबार बिहान साढे १२ बजे वीरगंजको नेशनल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मकबुलको मृत्युको खबर पाएलगत्तै पर्सा प्रहरीले आरोपित दाजु अरसुललाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.