|
फाइल फोटो

वीरगंजः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गरी राष्ट्रपति शासन ल्याएर कम्युनिस्ट शासन गर्न वामपन्थी गठबन्धन बनेको बताएका छन्। 

नेपाली कांग्रेस पर्साद्वारा बिहीबार वीरगंजमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानलाई संशोधन गरेर मधेसी जनताको भावनाको कदर गर्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गरे।

उनले कम्युनिस्टहरूको शासन आएमा बोल्न, लेख्न नपाइने भन्दै संसारका कुनै पनि कम्युनिस्ट देशमा निर्वाचन नभएको बताए।

मधेसबाट क्रान्ति सफल गर्ने तथा जनतालाई मालिक बनाउने पार्टी नेपाली कांग्रेस नै भएको हुँदा मधेसका जनताले कांग्रेसलाई जिताउनुपर्ने देउवाको भनाइ थियो।

प्रधानमन्त्री देउवाले स्वदेशी विदेशी लगानी भित्र्याएर देशलाई सम्पन्न र समृद्ध बनाउन सकिने कुरामा जोड दिँदै कम्युनिस्ट शासनमा विदेशी लगानी नभित्रिने बताए।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले मधेसलाई अधिकारप्राप्त बनाउन र समृद्धितर्फ डोहो¥याउन कांग्रेसले जित्नुपर्ने कुरामा जोड दिए।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नम्बर– १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुँगटा, २ का अजय चौरसिया, ३ का सुरेन्द्र चौधरी, ४ का रमेश रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.