काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणअन्तर्गत बिहीबार ४५ जिल्लामा मतदान हुँदैछ। प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो।
प्रतिनिधिसभामा १ हजार ६६३ र प्रदेशसभामा २ हजार ८१९ उम्मेदवार छन्। मतदानका लागि ७ हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ। दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा कुल १ करोड २२ लाख २९ हजार ७८६ मतदाता छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।