एमाले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५

|

काठमाडौं: गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको परिणाम सार्वजनिक भएको छ।

शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेसले ७२, माओ‌वादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३, राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन्।

राप्रपा र विवेकशील साझा पार्टी ३/३ सिट, जनमोर्चाले २, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले १, नेपाल संघीय समाजवादी पार्टीले १, नेपाल मजदुर किसान पार्टीले १, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले १ र नयाँ शक्ति पार्टी नेपालले १ सिट पाएका निर्वाचन आयोगले जनाएको छ।

आयोगले दिएको जानकारीअनुसार प्रदेश नम्बर- १ मा २७ राजनीतिक दल प्रतिस्पर्धामा थिए भने प्रदेश नम्बर- २ मा २९, प्रदेश नम्बर- ३ मा ३१ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए। यसरी नै प्रदेश नम्बर- ४ मा २०, प्रदेश नम्बर- ५ मा २७, प्रदेश नम्बर- ६ मा १८ र प्रदेश नम्बर- ७ मा २० राजनीतिक दल निर्वाचनमा सहभागी थिए।

निर्वाचनमा भाग लिएकामध्ये प्रदेश नम्बर- १ बाट ६, प्रदेश नम्बर- २ बाट ६, प्रदेश नम्बर- ३ बाट ७, प्रदेश नम्बर- ४ बाट ५, प्रदेश नम्बर- ५ बाट ६, प्रदेश नम्बर- ६ बाट ४ र प्रदेश नम्बर- ७ बाट ४ दल निर्वाचित भएका आयोगले जानकारी दिएको छ।

कुन प्रदेशमा कुन दलले कति सिट पाए हेर्नुहोस् फोटो:

कुन प्रदेशमा कुन दलले कति मत प्राप्त गरेको थियो, हेर्नुहोस् : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.