ठोरी कुनै हालतमा ३ नम्बर प्रदेशमा जान सक्दैनः राजपा सहअध्यक्ष कर्ण

|

वीरगन्जः प्रदेश नम्बर– २ को सबैभन्दा पश्चिममा रहेको पर्साको ठोरी गाउँपालिकालाई प्रदेश नम्बर– ३ मा गाभ्ने भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति पर्साका नवनिर्वाचित सांसदहरूले कडा विरोध जनाएका छन्। 

वीरगंजको घण्टाघरमा मंगलबार विरोध प्रदर्शन गर्दै पर्साका चारवटै क्षेत्रका सांसदहरूले प्रचण्डको अभिव्यक्तिप्रति कडा विरोध जनाएका हुन्। 

पर्सा क्षेत्र नम्बर– ४ बाट नवनिर्वाचित सांसद तथा राजपाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पर्साको मुटु मानिने ठोरी कुनै हालतमा ३ नम्बर प्रदेशमा जान नदिने चेतावनी दिएका छन्। 

मंगलबार वीरगंजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता कर्णले ठोरीलाई ३ नम्बर प्रदेशमा लैजाने कुरा संविधानविपरीत हुने दाबी गरेका हुन्। 

सोमबार ठोरीमा आइपुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रदेश नम्बर– २ को सबैभन्दा पश्चिममा रहेको ठोरी गाउँपालिकालाई प्रदेश नम्बर– ३ मा गाभ्ने अभिव्यक्ति दिएप्छि सोही क्षेत्रबाट निर्वाचित सांसद कर्णले कुनै हालतमा ठोरी ३ नम्बर प्रदेशमा जान नदिने बताएका हुन्। 

त्यस्तै, पर्सा क्षेत्र नम्बर– १ बाट निर्वाचित सांसद प्रदीप यादवले ठोरी भूभागलाई कुनै पनि हालतमा २ नम्बर प्रदशेबाट काटेर अयन्त्र गाभ्न नपाइने बताएका छन्। 

विरोध कार्यक्रममा  फोरम नेपालका उपाध्यक्ष तथा प्रदेशसभा सदस्य लालबाबु राउत गद्दी, हरिनारायण रौनियार, वीरगन्ज महानगरका प्रमुख विजय सरावगी, सामाजिक अभियन्ता तथा युवा नेता ओमप्रकाश सर्राफलगायतका वक्ताले वीरगंजको विकासका लागि आफूहरू सदैव अग्रपंक्तिमा रहने प्रतिवद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.