काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ। माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुन लागेको हो।
५६ सिटका लागि गरिने निर्वाचनमा भाग लिने उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।
अपराह्न चार बजेसम्म सम्बन्धित सात वटै प्रदेशका उच्च अदालत रहेका स्थानमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ।प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा स्थापना गरिएको छ। राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उप्रमुख गरी १५ सय ६ र प्रदेश सांसद ५ सय ५० गरी जम्मा २ हजार ५६ जना मतदाताले मतदान गर्न पाउनेछन्।
स्थानीय तहका प्रमुख/उपप्रमुखको एक जना बराबर १८ र प्रदेश सांसदको एक जना बराबर ४८ मतभार तोकिएको छ। एकल संक्रमणीय मत प्रणालीका आधारमा हुने निर्वाचनमा हरेक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुनेछन्।
५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।
यी हुन् ठूला दलले टुङ्ग्याएका उम्मेदवार
एमाले
प्रदेश १
प्रदेश २
प्रदेश ३
प्रदेश ४
प्रदेश ५
प्रदेश ६
प्रदेश ७
नेपाली कांग्रेस
प्रदेश १
प्रदेश २
प्रदेश ३
प्रदेश ४
प्रदेश ५
प्रदेश ६
प्रदेश ७
(माओवादी केन्द्र)
प्रदेश १
प्रदेश २
एक जना उम्मेदवारको नाम टुंगो लगाउन बाँकी
प्रदेश ३
प्रदेश ४
प्रदेश ५
प्रदेश ६
प्रदेश ७
तपाईंको ईमेल गोप्य राखिनेछ ।