|

लहान : सिरहाको धार्मिक तथा सांस्कृतिक स्थलको रुपमा रहेको सलहेश फूलबारीधाममा शनिबार मेला लागेको छ। हरेक बैैशाख १ मा लाग्ने मेलामा तराईका विभिन्न जिल्लासहित उत्तरी भारतका बिहार, सहरसा, सुपौल, पूर्णिया, पटनासम्मका दर्शकहरु आउने गर्दछन्।

वैशाख १ मा फूलबारीको मध्य भागमा मालिनीको गहवर (मन्दिर)सँगै रहेको हारमको रुखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल हेर्न मानिसको भिड लागेको हो।

सलेहश गाथामा उल्लेख गरिएअनुसार फूलबारीधाम सिरहाको महिसोथामा जन्मिएका लोकनायक सलहेशको फूल टिप्ने र प्रणयस्थलको रुपमा रहेको थियो। आफ्नो क्षेत्रमा लोकनायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरुको भिड लाग्ने गर्दछ।

तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रुपमा बैशाख १ मा फुल्ने जनविश्वास रहेको सलहेश गहवरका पूजारी हरिसिंहदेव दनुवारले बताए।

तराईका दलित समुदायमा पर्ने पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगब्याधी नलाग्ने जनविश्वास रहेको छ। फूलबारीभित्र दुर्लभ प्रजातिका जडीबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट मेलाको अवसर पारेर हजारौं मानिस आउने गर्दछन्।रहाको लहान बजारदेखि करिब चार किमी दक्षिण पश्चिममा रहेको लहान १२ र २२ स्थित फूलबारीमा रहेको हारमको रुखमा नयाँ वर्षको दिन मात्र फूल फुल्ने विश्वास छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.