काठमाडौं : रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ। रथलाई ललितपुरको पुल्चोकबाट बाजागाजाका साथ जात्रा गर्दै तानेर पाटन गा: बहाल पुर्याइएको छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको हो।
रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालकाे सबैभन्दा लामो जात्रा हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्छन्।
पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको जात्रा लगनखेलमा भोटो देखाई मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि समापन हुन्छ।
हेर्नुहोस् फोटो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।