|

गुलरिया (बर्दिया) : जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ। एक किशोरीले पढाउने बहानामा नेपालले अाफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।

फुपूको घरमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया ती किशोरी गत बिहीबार दुर्व्यवहारको सिकार भएकी थिइन्। उनकी फुपू सोही कार्यालयका प्रमुखको क्वार्टरमा खाना पकाउने काम गर्छिन्। विद्यालय छुट्टी भएको समयमा फुपूसँग बस्न आएकी अाफूलाई पढाउन भनेर नेपालले पाहुना कोठामा लगेको किशोरीको भनाइ छ। 

फुपू खाना पकाउन भान्सामा गएपछि ढोकामा चुकुल लगाएर अंगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेको उनको आरोप छ। नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।

उनको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.