|

काठमाडौं : विश्वकै अग्लोे शिखर सगरमाथा आरोहणका लागि यस वर्ष आइतबारसम्म २० जना नेपालीले पर्यटन विभागबाट अनुमति लिएका छन्। एकै वर्षमा सगरमाथा आरोहणका लागि नेपालीले अनुमत लिएको यो हालसम्मकै धेरै हो। 

गतवर्ष ‘स्प्रिङ सिजन’मा सगरमाथा आरोहणका लागि विभागबाट सात नेपालीले अुनमुति लिएका थिए। सगरमाथा आरोणमा पछिल्लो समय नेपालीको आकर्षण बढेको र यसले राम्रो सन्देश जाने नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए। गाइड बाहेकको यो संख्यामा उत्साहजनक रहेको उनको भनाई थियो। 
विभागले आइतवारसम्म यस सिजनका लिग ७९२ जनालाई अनुमति दिएको छ। सगरमाथा आरोहणका लागि मात्रै ३४ वृद्धा विदेशी आरोहण दलका ३२६ जनाले अनुमति पाएको विभागले जनाएको छ। 

नेपालका चारवटा आरोहण दलका २० जना सदस्य रहेका छन्।  विभागले २६ वटा हिमालका लागि ९८ वटा आरोहण दललाई अहिलेसम्म अनुमति दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.