कञ्चनपुर : विदेशी भूमिमा पसिना चुहाएर आर्जन गर्न नसकेको आम्दानी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ का सुरेश चौधरीले स्वदेशकै भूमि (खेत) म व्यावसायिक तरकारी खेती र केरा खेती गरेका छन्। दुईवर्ष वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका चौधरीले साेचेअनुसारकाे कमाइ गर्न नसकेपछि घरफिर्ता भई व्यावसायिक खेती गरी राम्रै आम्दानी गर्दै आएका छन्।
चौधरीले १० कठ्ठा बढी अाफ्नै जग्गामा ‘जि नौ’ जातको केरा रोपेका छन्। विदेश गएकाे ऋण चुक्ता गरिसकेका छन्। खेती गर्न ल्याएका ऋण समेत तरकारी र केरा खेती गरेर तिरीसकेककाे चौधरीले बताए। विदेशमा जति काम गर्नु पर्दथ्यो, त्यो भन्दा आधा काम आफ्नै बारीमा गरे विदेशको भन्दा तेव्वर बढी आम्दानी गर्न सकिने रहेछ चौधरीले बताए।
विदेशमा छँदा १२ देखि १८ घण्टासम्म कारखानामा काम गर्दा निकै सास्ती खेप्नु पर्दथ्यो उनी भन्छन्, ‘मासिक रुपमा २० हजार जति पारिश्रमिक पाइन्थ्यो।’ ‘महिनाभरि श्रम गरेर कमाएको पैशा खर्चेर लुगा कपडा र खानाका लागि खर्चिदा मुश्किलले १० हजार जति मात्र बचत हुन्थ्यो।’ ‘यति धेरै परिश्रम घर मै रहेको खेतवारीमा गरे धेरै आम्दानी हुने रहेछ’ उनले भने, ‘विदेशमा पाएको दुःख सम्झेर घर फर्केपछि आफैँ खेतमा तरकारी र केरा खेती गरेको हुँ।’
तरकारी खेतीमा गोडमेल गर्न, तरकारी टिपेर बजार सम्म पुरयाउन परिवारका सदस्यले उनलाई सघाउने गरेका छन्। खेतमा खनजोतको कार्यका लागि चाैधरीले पावर टिलर खरिद गरेका छन्। तरकारी बेचेको पैशाबाट आएको आम्दानीले उनले पावर टिलर खरिद गरेका हुन्। चाैधरीले भने, ‘विदेशमा पाएको दुःख सम्झेर शरीर जिरिंग भएर आउँछ भुलेर पनि अव विदेश जाँदिन।आफ्नै खेतमा पसिना चुहाउँछु।’ उनी जस्तै बैदेशिक रोजगारीमा गएर फर्केका सुवास डगौराले समेत घरमै व्यवसायिक तरकारी खेती गरेका छन्।
डगौराले तरकारी खेती गरेर मासिक रुपमा चालीस हजार बढी आम्दानी लिने गरेका छन्। घरमै बसीबसी तरकारी उत्पादन गरी आम्दानी हुन थालेको उनले बताए। उनको खेतमा गोल भेँडा, टमाटर, लौका, कांक्राको खेती गरिएको छ। खेतमा तरकारीका बोट रोप्ने, गोडमेल गर्ने र टिप्ने कार्य सुवासले गर्दै आएका छन्। बजारमा उत्पादन भएको तरकारी उनकी श्रीमतीले बेच्ने गरेकि छन्।
दुवै जना जस्तै १२ बढी बैदेशिक रोजगारीबाट फिर्ता भएका युवाले घरमै तरकारी खेती गरेका छन्। शुक्लाफाँटा नगरपालिका ३ मा मात्रै ६० जना बढी युवा बैदेशिक रोजगारीमा गएका छन्। थोरै युवाले मात्रै बैदेशिक रोजगारीबाट राम्राे आर्जन गरेको रकम उत्पादनशील क्षेत्रमा लगानी गरेका छन्।
धेरै जनाले बैदेशिक रोजगारीको रकम घर, जग्गा, बाहन खरिद र विलासिताका वस्तु खरिदमा खर्चिने गरेका छन्। अनुत्पादक क्षेत्रमा बैदेशीक रोजागारीको रकम खर्चिदा पुनः युवाले बैदेशिक रोजगारी मै जानु परेको छ। शुक्लाफाँटा नगरपालिकाको घरघुरी सर्वेक्षणमा तीन हजार ५९४ जना बैदेशिक रोजगारीमा गएका छन्।जसमध्ये महिला २५८, पुरुष तीन हजार ३३६ बैदेशिक रोजगारमिा गएका छन्।
भारतमा दुई हजार ९५०,खाडी अरब मुलुकमा ५०० सात र अन्य देशमा १३७ जना गएका छन्। बैदेशिक रोजगारीमा जानका लागि बैंकबाट ऋण लिनेमा १६८ जना रहेका छन्। बैदेशिक रोजगारीबाट कञ्चनपुर नगरपालिमा मात्र प्रतिवर्ष ५५ करोड ६४ लाख ६२ हजार ९७७ रकम भित्रिने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।