|
फाइल फाेटाे

दमक :  शरणार्थी शिविर नम्बर आई चार छाप्रो ४८ झापा। यो छाप्रो धनी हुन् ८४ वर्षीय श्रीनारायण प्रधान र ८२ वर्षीया समती प्रधान। भुटानबाट खेखिएपछि झापा बसोबास गर्दै आएको यो परिवारमा पाँच छोराछोरीसहतिको प्रधान परिवार यतिबेला छिन्न भिन्न भएको छ। 

पुनर्वास अन्तर्रत एउटा छोरो अमेरिकामा अर्को क्यानडा पुगेका छन्। २६ वर्षअघि भुटानबाट लखेटिए पछी परिवारका दुई छोरा भुटानमै रहे भुटानबाट खेदिए यता ती दुई छोराको अनुहारसमेत श्रीनाराणले देख्न पाएका छैनन्। 

शरणार्थीको छाप्रोभित्र श्रीनारायण थला परेकको दुई महिना भयो। उनको स्याहार ८२ वर्षीया सुमतीले सकिनसकी गर्दै आएकी छन्।  उनले भनिन् छोराछोरी मनग्गे भए पनि बुढेसकालमा सहाराविहीन भइयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.