|

विराटनगर :  एक महिनाअघि प्रदेश सरकारले सार्वजनिक गरेको बजेट  अहिलेसम्म खर्च भएको छैन्। प्रदेश सरकारले सञ्चित कोष जम्मा गर्ने बैक खाता नखुलेका कारण अहिलेसम्म सरकारले बजेट खर्च गर्न नसकेको हो। 

गत चैत २९ गते आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले एक अर्ब दुई करोड पाँच लाख रुपैयाको बजेट प्रस्तुत गरेका थिए।  संघीय सरकारबाट प्राप्त अनुदानमा आधारित रहेर आगामी तीन महिनाका लागि कार्यक्रममार्फत खर्च गर्ने गरी विनियोजन गरिएको बजेट बैंक खाता सञ्चालन नहुँदा खर्च गर्न नसकेको हो। प्रदेश एकमा मात्रै हैन सातै प्रदेशका सरकारले अलिहेसम्म बैंक खाता खोल्न सकेका छैनन्। 

सञ्चितचकोषको बैक खाता खोल्ने विषयमा नेपाल राष्ट्र बैंकले समय र प्रक्रियामा  सहयोग नगरेपछि सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले संघीय सरकारलाई सामूहिक दबाब दिनु परेको थियो। अर्थमन्त्रालयले दिएको निर्देशन पनि कतिपय सन्दर्भमा नेपाल राष्ट्र बैंकले पालना नगर्दा सञ्चितकोष रकम जम्मा हुने बैंक खाता खोल्न ढिलाई भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.