|

बेसीशहर : लमजुङमा जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेर उत्पादनको तयारी भइरहँदा घरघरमा पुर्‍याउन प्रसारण लाइन निर्माण्को काम भने सुस्त छ। मस्र्याङ्दी, दोर्दी, मिदिम, ङादी र रुदी खोलामा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्।

यी आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माण गर्नुपर्ने प्रसारण लाइन भने अहिलेसम्म सुरु भएको छैन। दोर्दी गाउँपालिकाको ढोडेनी कीर्तिपुरदेखि उदीपुर सब स्टेसनसम्म १४ किलोमिटर प्रसारण लाइन नबन्दा सबै निर्माणाधीन जलविद्युत् आयोजना अन्योलमा छन्।

दोर्दी करिडोरमा निर्माणाधीन चारमध्ये दुई आयोजना यही वर्षको हिउँदमा निर्माण भइसक्नेछन्। तर प्रसारण लाइन निर्माणका लागि भने बल्ल टेण्डर आह्वान गरिएको । ‘समयमै काम सकिनेमा शंका छ’, लिबर्टी इनर्जी पावर कम्पनीका सञ्चालक राजेन्द्र वस्ती भन्छन्, ‘यही हिउँदमा विद्युत् उत्पादन गर्ने तयारीमा छौँ। तर त्यतिबेलासम्म प्रसारण लाइन नबन्न चिन्ता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.