|

काठमाडौं : मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार भोटो देखाइएको छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो विगतमा झैं यो वर्ष पनि गुठी संस्थान ललितपुर शाखा प्रमुखले रथको चारै कुनाबाट ‘यो भोटो कसको हो?’ भनेर देखाए।

किंवदन्तीलाई आधार मान्ने हो भने कसैले सप्रमाण आए भोटो फिर्ता दिनुपर्छ। तर १४ सय वर्षदेखि निरन्तर यो प्रक्रिया अपनाइए पनि भोटो लिन कोही आएका छैनन्। 
सामान्यतया दुई महिना चल्ने यो जात्रा लामो जात्राका रूपमा परिचित छ। तर दुई महिनामा सकिनुपर्ने जात्रा एक महिना पनि नबित्दै किन सकियो त?

यो वर्ष मलमास परेको र असारमा साइत नभएका कारण २७ दिनमै जात्रा टुंग्याउनुपरेको पुजारीले बताए। यो जात्रा प्रत्येक वर्ष वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ। सामान्यतया दुई महिना चल्ने भए पनि कुनै वर्ष विविध कारणले लम्बिएर चार महिना पनि चल्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.