|

विराटनगरमा : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको अवैध साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका शनम शाक्या हत्या प्रकरणमा अझै ३० जना अभियुक्त फरार छन्। 

प्रहरीले ६३ जना अभियुक्तलाई प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको मध्ये ३१ जना जेल चलान, १ जना धरौटी र १ जना सादा तारेकमा छुटे पनि अझैँ ३० जना भने फरार छन्। फरार हुनेमा साढे ३३ किलो सुनको लगानीकर्ता भनिएको एमके भन्ने मोहन कुमार अग्रवालसहित गोरेकी श्रीमती निरु भन्ने नरबदा उप्रेती र गोरेका भाइ रमेश उप्रेती पनि फरार प्रतिवादी हुन्। 

त्यसैगरी, सुरेन्द्र गौतम, भोजे मामा भन्ने भोजराज भण्डारी, रुस्तम मिया भन्ने मोहमद उस्तम मियाँ, टुकबहादुर मगर, रोहित आचार्य, भविन राई भन्ने भविन तामाङ, कृष्ण बस्नेत, सुनिल कुमार अग्रवाल, कृष्ण गोपाल अग्रवाल, चेतन भन्ने चेतनाथ भण्डारी, प्रमोदकुमार श्रेष्ठ, बेनु श्रेष्ठ, हरिशरण खड्का, कमल कार्की पनि फरार छन्। 

फरार हुनेमा मिणराज चौलागाईं, शिवकुमार गुभाजु, शुनिल श्रेष्ठ, आरबी भन्ने रक्षा भण्डारी, अर्जुनप्रसाद खरेल, रोशन भन्ने गुप्तलाल भुषाल, रामहरी कार्की, प्रयास पराजुली, सन्जय अधिकारी, समिर अधिकारी, गीता श्रेष्ठ, माधव आचार्य,  ओमप्रकास नेवार पनि छन्।

गोरेले अदालत समक्ष दिएको बयानमा पछिल्लो पटक आएको साढे ३३ किलो सनुको लगानीकर्ता एमके अग्रवालसहित भारतीय रहेको बताएका थिए। तर, उनले एमके बाहेक अन्यको नाम भने भनेका थिएनन्।  

फरार भएकामध्ये यसअघि उक्त मुद्दाका अभियुक्त एसएसपी श्याम खत्री र डाक्टर डेबिट भन्ने छिरिङ वाङले घले अदालतमा सुटुक्क उपस्थित भए। एसएसपी खत्री गएको बिहीबार र छिरिङ आइतबार अदालतमा आएर बयान दिएर सोही दिन थुनछेकको बहसबाट न्यायाधीश नारायणप्रसाद शर्माले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएका थिए। 

यसअघि जेठ ८ गते काठमाडौंबाट पक्राउ परेका मुख्य अभियुक्त भनिएका चुँडामणि उप्रती गोरे पनि पूर्पक्षको लागि जेल चलान भएका छन्। उक्त मुद्दामा यसअघि २८ जना पूर्पक्षको लाथि जेल चलान भएका थिए भने एकजना धरौटी र एकजना सादा तारेकमा छुटेका थिए। 

प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बैशाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो। उनीहरू विरुद्ध ‘संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ शीर्षकमा मुद्दा दर्ता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.