|

धनकुटा : प्रहरीले झुटो आरोप लगाएर धनकुटाका ध्यानबहादुर लामालाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको भन्दै परिवार र आफन्तले विनासर्त रिहाइको माग गरेका छन्। शुक्रबार धनकुटामा लामाका आफन्तले पत्रकार सम्मेलन गर्दै रिहाइको माग गरेका हुन्।

गत वैशाख २८ गते धनकुटा–६ स्थित बाख्रेखोलामा मर्निङवाक गरिरहेको समयमा लामालाई प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भई प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको थियो। जेठ २४ गते जिल्ला प्रशासन कार्यालयले ३० हजार धरौटीमा छाडेको थियो। तर, छाडेको केही समयमै प्रहरीले  पुन पक्राउ गरी लामालाई धरान लगेर राखेको छ।

पत्रकार सम्मेलनमा लामा निर्दोष भएकाले विना सर्त रिहाइको गर्न लामाकी श्रीमती देवकुमारी लामाले अनुरोध गरिन्। ‘मेरो श्रीमान् यो घटनाभन्दा पहिला कुनै पनि राजनीतिक दलमा नलागेको र जहिले गाडी चलाएर हिँड्ने काम गरेकाले कुनै पनि आपराधिक काम गर्नुभएको छैन’ उनले भनिन्, ‘उहाँसँग आश्रित हामी चारजनाको परिवार अहिले विचल्लीमा परेका छौँ।’

हामीले छाडेका हौँ बाँकी थाहा छैन : सिडिओ

यता, धनकुटाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले हामीले छाडिसकेको त्यसपछिको पक्राउको कारणको थाहा नभएको बताए। यस्तै धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले ध्यानबहादुरको धनकुटामा परेको मुद्दा सकिए पनि सुनसरीमा पनि उजुरी परेकाले पुन पक्राउ गरी सुनसरी पठाइएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.