|

लहान : दुई दिनदेखिको लगातार वर्षाले सिरहाको जनजीवन प्रभावित भएको छ। सिरहाको मुख्य बजार लहान, सिरहा, मिर्चैयालगायतका ठाउँहरुमा सडक जलमग्न भएका छन्।

लहानको बजार क्षेत्रमा पर्ने एक नम्बर सडक, थानाचोक, पूर्व बस स्टेण्ड, हुलाक टोल, पशुपति आदर्श मावि वरिपरि एक फिटसम्म जमेको छ। लहानको बजार क्षेत्रमा निर्माण गरिएका नाली नियमित सरसफाइको अभावमा वर्षातको पानी सडकमा नै बगिरहेको छ।

मिर्चैयाको थाना चोक, बजार क्षेत्र र प्रवेशद्वार, कटारी चोकलगायतका गाउँहरूमा पानी जमेकाले आवतजावतमा कठिनाइ भएको छ। नाला निर्माणका लागि खनिएका खाल्डो नपुरिंदा बजार क्षेत्रका पसल अगाडि पानी जमेको छ। मिर्चैयाको थाना चोक र बजार क्षेत्रका अधिकांश घरमा पानी पसेको छ भने सडक तथा बाटो जलमग्न छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.