|

धनकुटा : फोहोरमाथि फूलबारी रहेको धनकुटा नगरपालिकाको फोहोर संकलन केन्द्र (ल्याण्डफिल्ड साइड) अवलोकानमा आउने संघसस्थाले पाँच हजार रुपैयाँ शुल्क तिर्नु पर्ने भएको छ। धनकुटा नगरपालिका-६ मा आठ वर्षअघि निर्माण भएको ल्याण्डफिल्ड साइड अवलोकन गर्न आउने संघ सस्थालाई पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको हो।

धनकुटा नगर कार्यपालिकाको निर्णयअनुसार दैनिक जसो नेपालका विभिन्न स्थानीय तहका मानिसहरू घुम्न आउनेहरूका लागि शुल्क निर्धारण गरीएको हो। तत्कालीन वन मन्त्रालयको स्वामित्वमा रहेको सल्लेरी वनमा मन्त्रिपरिषदको ०६५ असोज १९ को निर्णयअनुसार धनकुटा नगरपालिकाले भोग अधिकार पाएसँगै निर्माण थालिएको फोहोर संकलन केन्द्रमा फोहोरमाथि फूलबारी निर्माण गरी मनमोहक बनाइएको छ। तत्कालीन स्थानीय विकास मन्त्रालय जगेडाकोष, धनकुटा नगरपालिका, युएन हेविटास र धनकुटा नगर स्थानीय सामुदायिक विकास कार्यक्रमअन्तर्गत दुई करोड १० लाख खर्च गरिएको थियो।

शुल्क तिरेपछि धनकुटा नगरपालिकाले कम्तिमा एक घण्टा स्यानिटरी ल्याण्डफिल्डसँगै स्थानीय कुवा धारा संरक्षण, खानेपानी तथा ढलनिकास व्यवस्थापन, साप्ताहिक हाटबजार र बसपार्क, स्नानघरसहित सार्वजानिक शौचालय, सामुदायिक स्वास्थ्य केन्द्र र सुख्खा क्षेत्रमा प्लाष्टिक पोखरीलगायत क्षेत्रको समेत जानकारी दिने प्रचलन रहेको छ।

शुल्क लिएबापत नगरक्षेत्रमा रहेका घरमा कुहिने फोहोरमा गड्यौला पालेर मल उत्पादन गरी करेसाबारी एवं कौशीखेतीसमेत देखाउने प्रचलन रहेको छ। हरियाली विकास र शहरी प्रवर्द्धनमा सार्वजानिक स्थल र सडक वरपर वृक्षारोपण र फुल रोप्ने कार्य, कुहिने र नकुहिने फोहोर संकलनका छुट्याउने तरीका, टोलमा राखिएका प्लाष्टिक टोकरी देखाउने प्रचलन रहेको छ।

नगरक्षेत्रका मठमन्दिर गुम्बा क्षेत्रको सरसफाई एवं फोहोर संकलन, छाडापशु नियन्त्रण र व्यवस्थीत पशु बधशाला वायु तथा ध्वनी प्रदुषण योजना, प्लाष्टिकजन्य वस्तु जथाभावी जलाउने नदिने कार्यसमेत जानकारी दिने गरिएको वातावरण प्रमुख उपेन्द्र खनालले बताए।

वातावरण कार्यलय व्यवस्थापनमा, सेवाग्राहीमैत्री प्रशासन वातावरणमैत्री स्थानीय शासन समन्वय समितिसमेत निर्माण गरी नगरले कार्य थालनी गरेका कारण मुलुकभरका स्थानीय तहमध्ये पहिलो भएको थियो। फोहोरको पुर्न चक्रिय व्यवस्थापन र प्रशोधन, समुदायमा कौसीखेती, करेसाबारि निर्माण, प्लाष्कि झोला प्रयोग निषेधलगायत कार्यमा जनप्रतिनिधि एवं समुदायको परिचालन गरिएको छ।

ल्याण्डफिल्ड संरक्षण र सुधारका लागि वर्षेनी हुने खर्च ब्यवस्थापनका लागि मोहर कमाउन योजना सफल भएको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.