|

बुटवल : प्रदेश ५ सरकारले आफूलाई भवन उपलब्ध गराउने ५ सामाजिक संस्थालाई ५४ लाख अनुदान दिर्ने निर्णय गरेको छ। प्रदेश सरकार र प्रदेशसभालाई भवन उपलब्ध गराउने ५ संस्थाको कार्यालय व्यवस्थापनका लागि यस्तो अनुदान दिर्ने निर्णय गरेको हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्युटलाई १० लाख, बाल विद्या मन्दिरलाई २ लाख र बुटवल महिला जेसिज र मगर महिला संघलाई १/१ लाख अनुदान दिने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए।

सरकारले अनुदान दिने भनेकामध्ये उद्योग वाणिज्य संघको हलमा प्रदेशसभा र प्रदेशसभा सचिवालय छ भने बुटवल टेक्निकल इन्स्टिच्युटका भवनहरुमा कर्मचारी आवास बनाउने तयारी गरिएको छ।

यस्तै, महिला जेसिजको कार्यालय प्रदेशसभाको पुस्तकालय र दलका कार्यालयका लागि प्रयोग हुने भएको छ। बुटवल उद्योग वाणिज्य संघले आफ्नो भवन प्रदेशसभालाई दिने भएपछि बालमन्दिरमा संघको कार्यालय रहने भएको छ। महिला जेसिजको कार्यालय मगर महिला संघको भवनमा व्यवस्थापन गर्ने गरी दुवैलाई १/१ लाख अनुदान दिएको प्रवक्ता चौधरीले बताए।

‘बुटवल उद्योग वाणिज्य संघको पूरै भवन हामीले लिने भएपछि उहाँहरूलाई कार्यालय व्यवस्थापनका लागि संरचना निर्माण गर्न ४० लाख दिएका हौँ, त्यस्तै अरू ४ वटा संस्थाका कार्यालय पनि हामीले लिएका कारण उहाँहरूलाई कार्यालय व्यवस्थापनको काम गर्न रकम दिएको हो' प्रवक्ता चौधरीले भने। चौधरीका अनुसार सरकारले सहयोग लिएका संस्थाहरुका संरचना व्यवस्थापन गर्ने दायित्व सरकारको भएकाले त्यसैअनुसार आवश्यक न्यूनतम खर्च दिइएको हो।

तीनवटा उपसमिति गठन

मन्त्रिपरिषद्को कामलाई सहज बनाउन सरकारले ३ वटा मन्त्रीस्तरीय समिति बनाएको छ। राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति र आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन भएको प्रवक्ता चौधरीले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.