|

काठमाडौं :  कलंकी क्षेत्रमा हुने सम्पूर्ण किसिमको सडक जामलाई हटाउने गरी आज भदौ १ देखि सञ्‍चालनमा आउने भनिएको अन्डर पास प्राविधिक कारणवश तयारी नपुगेको भन्दै सञ्चालनमा आउन सकेन। सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले  यसअघि  सुरुङमार्ग शुक्रबारबाट सञ्‍चालनमा आउने र यसको सञ्चलनसँगै यस क्षेत्रको सडक जाम समस्या सधैँका लागि हट्ने बताएका थिए।  

कलंकी १४ नं वडाकी वडाध्यक्ष शोभा सापकोटाले सुरुङमार्ग सञ्चालनबारे आफूलाई कुनै जानकारी नभएको बताइन्।  शुक्रबार बिहान ८ बजेतिर नै पत्रकारहरू कलंकी सुरुङमार्ग पुगे पनि त्यहाँको सुनसान गतिविधि देखेर सबै फर्किएका थिए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.