कालिकोट : कर्णाली प्रदेश सरकारले देवता थान, मन्दिर, गुम्बा, मस्जिद निर्माणमा लागि आर्थिक वर्ष ०७५/०७६ मा करोडौँ बढी रकम छुट्याएको छ। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले चालु आर्थिक करोडौँ रूपैयाँ देउता थान, मन्दिर र गुम्बा खर्च गर्ने भएको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले स–साना मन्दीर निर्माणमा स्थानीय तहको प्राथमिकतामा नपरेका योजनामा समेत बजेटको व्ववस्था गरेको छ। मन्त्रालयले मन्दिर, गुम्बा र थान निर्माणमा ३ लाखदेखि २० लाखसम्म रकमको व्यवस्था गरेको छ। यसरी बिनियोजन गरिएका मन्दिर, गुम्बा र थानहरु कर्णाली प्रदेशभरि १ सय हाराहारी योजना रहेका छन्।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले आर्थिक ०७४/०७५ मा मठमन्दिर देवताका थान निर्माणको माग अत्याधिक बढी आएका कारणले मन्त्रालय बजेटको व्यवस्था गरेको बताए। ‘गत आर्थिक वर्षमा मठमन्दिर देवताका थान निर्माणमा माग अत्याधिक बढी आएका थिए।’ उनले भने,‘त्यसैका आधारमा मन्त्रालयले बजेटको ब्यवस्था गरेको हो।’
मन्त्रालय आगामी दिनमा मठमन्दिरका काममा बजेटको ब्यवस्थापन नगर्ने र पर्यटकीय क्षेत्रका हिसाबले प्राथमिकता परेका धार्मिकस्थलहरुको विकास जोड दिने नीति लिएको सूचना अधिकारी रोकायाले बताए। ‘ठूलाठूला धार्मिकस्थलहरुमा पर्यटकिय क्षेत्रको विकास गर्न बजेटको ब्यवस्था गर्ने योजना मन्त्रालयको छ।’ उनले भने,‘साना टुक्रे योजनाका मन्दिरमा अब बजेटको व्यवस्था हुनेछैन।’
यी ठाउँमा बन्नेछन् मन्दिर
सुर्खेतःदेउतीबज्यै मन्दिर, शिव मन्दिर, रामजानकी मन्दिर, ठिन्ले ताकतेन लिङ गुम्बा, पेङबायाङदेलछुङदेल गुम्बा लगायत निर्माणका लागि १ करोड ७ लाख रूपैयाँ मन्त्रालयले छुट्याएको छ।
डोल्पाः गणेश र सरस्वती मन्दिर, सांचेन गुम्बा, ध्यांगगोनथ्यांगडोन गुम्बा, मण्टा भवानी मन्दिर, कैलाशपति मन्दीर, निर्माण, दलित टोल मन्दीर निर्माण, कमाल टोल मन्दीर निर्माण लगाएतका मन्दीर निर्माणका लागि ७९ लाख छुट्याइएको छ।
जुम्लाः बुडाल मण्टा थान, चन्दननाथ मन्दिर, खुमालगाउँ कुलालबाडा मन्दिर, कैलाश मन्दिर, बाविरोधान मन्दिर, वण्डाली मन्दिर लगायत निर्माण गर्न ५० लाख रूपैयाँ बजेटको ब्यवस्था गरेको छ।
जाजरकोटः सुयाडा सिडी मन्दिर, भगवती टोल मुनकाल देवी मन्दीर निर्माण गर्नका १८ लाख रुपैयाँ बजेटको बिनियोजन गरेको छ।
रुकुमः डिग्री साइ मन्दिर लागएतका मन्दीर निर्माणका लागि ३५ लाख रुपैयाँ बिनियोजन गरिएको छ।
मुगुः साग्मो गुम्बा, शिवालय मन्दिर, नाचिंग तिर्थ गुम्बा लगायतका मठ मन्दिर गुम्बा निर्माणका लागि ५० लाख रुपैयाँको व्यवस्था गरेको छ।
दैलेखः बण्डाली मन्दिर, विन्ध्याबासिनी मन्दिर, कालिका मन्दिर, मस्जिद दुर्गा लगायतका लागि ८६ लाख रुपैयाँका बिनियोजन गरिएको छ।
हुम्लाः धिगा गुम्बा, ताङ्गिन गुम्बा, गुरामण्टा डाँडामाडु मन्दिर लगायतका लागि ३० लाख रुपैयाँ बिनियोजन गरेको छ।
सल्यानः शिव गुफा सिढी निर्माण गर्न २० लाख विनियोजन गरिएको छ।
कालिकोट : जगनाथ मन्दिर निर्माण, पटुकाखोला मन्दीर निर्माण, दाहालदेव मन्दीर, शिवनाथ मन्दीर लगाएतका मन्दिर निर्माणमा ४० लाख बढी रकम बिनियोजन गरेको छ।
हुम्लाः भैरव मन्दिर निर्माण, कालासिल्ला मन्दिर निर्माण र ताङ्गिन गुम्बा निर्माण, धिगा गुम्बा निर्माण र गुरुमष्टा मन्दिर निर्माणमा ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।