कालिकोट : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले कर्णालीलाई पर्यटन हबका रूपमा विकास गरिने बताएका छन्। जुम्लाको चन्दननाथ नगरपालिका–६ को सिंगाचौरमा निर्माण गरिएको बौद्ध स्तूपाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री अधिकारी सो कुरा बताएका हुन्।
कर्णालीमा पर्यटनमा प्रशस्त संभावना रहेको र कर्णालीमा पर्यटनका क्रियाकलाप हवाई सेवाको बृद्धि पर्यटनको खानीका रुपमा रहेको कर्णाली संभावनालाई अझैँ प्रभावकारी बनाइने मन्त्री अधिकारीले बताए। ‘कर्णाली पर्यटन विकासका लागि सरकार तयार छ।’ उनले भने,‘त्यसका लागि हवाई सेवाको विस्तार गरिनेछछ।’
कर्णालीमा संभावना धेरै रहेको र कर्णालीको विकास पर्यटन पहिलो आधार भएका कारणले यहाँको पर्यटन विकासका लागि कुनै पनि कसर बाँकी नराखिने मन्त्री अधिकारीले बताए। ‘कर्णाली विकासको पहिलो आधार पर्यटन हो।’ उनले भने,‘त्यसका लागि सरकारले कुनै कसर बाँकी राख्दैन।’
यसरी निर्माण भयो स्तूपा
०६८ बाट निर्माण सुरु गरिएको स्तूपा ७२ फिट अग्लो र ३२ फिट चौडाइ रहेको छ। यो स्तूपाको नेपालकै पुरानै बौद्ध प्योगडा शैलीमा गरिएको स्तुपा निर्माणमा सक्रियता देखाएको मुगाली संघका अध्यक्ष कार्माठिन्ले तामाङले बताए। ‘यो निकै पुरानो शैलीमा स्तूपाको निर्माण गरिएको छ।’ उनले भने,‘शैली भनेको हिंसाका अन्त्य र स्थानीय बाली उत्पादनमा वृद्धिको सन्देश दिन्छ।’
३० करोडमा स्तूपा
बौद्ध स्तूपा निर्माणका लागि जुम्ला र काठमाडौंमा बसोबास गर्ने मुगाली समुदायले एक हजारदेखि तीन लाख रुपैयाँसम्म व्यक्तिगत सहयोग र संबिधानसभाका सांसदहरुको सांसद विकास कोष अन्तर्गत कालिकोटका प्रेमबहादुर सिंहले ५० लाख, जुम्लाका बलबहादुर महतले २० लाख, प्रदेश सांसद दीनबन्धु श्रेष्ठले एक लाख, पूर्वसांसद ललितजंग शाहीले १ लाख, जिविसले १एक लाख गरी ७३ लाख रुपैयाँ सहयोग गरेका छन्। पर्यटन मन्त्रालयबाट क्रमागत रूपमा अहिलेसम्म ३७ रुपैयाँ दिएको छ भने साविकको जुम्ला जिल्ला विकास समितिले १ लाख रुपैयाँ बिनियोजन गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।