बालिकाको बलात्कारपछि हत्या गर्नेलाई खोज्ने कुकुर बन्यो वर्षको उत्कृष्ट

|

काठमाडौं : नेपाल प्रहरीले कुकुर दिवस मनाएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धानमा कुकुरको प्रयोग भएको ५० वर्ष पुगेको अवसरमा कुकुर ट्रेनिङ सेन्टरमा कुकुर दिवस मनाइएको हो। 

यम पञ्चकको दोस्रो दिन कुकुर पूजाका अवसरमा नेपाल प्रहरीले वर्षेनी कुकुर दिवस मनाउने गर्छ। कुकुर दिवसका अवसरमा अपराध अनुसन्धानमा संलग्न तालिमप्राप्त कुकुरहरूले कला प्रस्तुत गरेका थिए। 

कला प्रस्तुत गर्नेमा जंगे नाम गरेको कुकुर उत्कृष्ट बनेको थियो। जंगेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मेडल लगाएर पुरस्कृत गरेका थिए। महानिरीक्षक खनालले विश्वमा अपराध शैली  र प्रविधिको विकास तीव्र भएपनि कुकुरले भने बफादार भएर अपराध अनुसन्धानमा सघाइरहेको बताए। उनले प्रहरीहरूले पनि आफ्नो काममा बफादार भएर लाग्नुपर्ने र समाजमा शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका थिए। 

यसवर्षको उत्कृष्ट कुकुर भने कुशल भएको छ। पोखरामा रहेको कुशल नामक कुकुरले पोखराकी बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुम पौडेललाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। कुसुमले श्रेयालाई स्कुलबाट फर्किने बेला बलात्कार गरेर हत्या गरेका थिए। हत्यापछि कुसुम फरार रहे भने प्रहरीलाई अपराधीको सुँइको सम्म थिए। पछि कुशल नामक कुकुरलाई लिएर अनुसन्धान गरिएको थियो। जसमा कुशलले सहजतापूर्वक बलात्कारपछि हत्या गर्ने कुसललाई खोजेको थियो।

हेर्नुहोस्, प्रहरीका तालिमप्राप्त कुकुरहरूले प्रस्तुत गरेको कला ः

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.