|

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको पूरक बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०७३/७४ को बजेट एमाले नेतृत्वको सरकारले ल्याएकाले अहिलेको सरकारले गरिबका लागि सरकार, जनता पेन्सन कार्यक्रम र बेरोजगार भत्ताको कार्यक्रम समावेश गरेर पूरक बजेट ल्याउन लागेको हो। 

पुरक बजेटका लागि अर्थ मन्त्रालयले तयारी सुरु गरिसकेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन पौडेलले सबै पक्षको सहमतिमा पुरक बजेट ल्याउने तयारी भइरहेको बताए। तर पूरक बजेट कहिले ल्याउने र कति बजेटको कार्यक्रम ल्याउने भन्नेबारे छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।  

चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट ल्याएका थिए। अघिल्लो सरकारले बजेट ल्याउँदा अहिलेको सत्तारुढ दल माओवादी केन्द्र पनि सरकारमा सहभागी थियो। बजेट ल्याउने बित्तिकै सरकार विरुद्ध माओवादीकै अगुवाईमा अविश्वास प्रस्ताव पेश भएपछि बजेट कार्यान्वयन नहुँदै सरकार विघटन भएको थियो। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन हुनेबित्तिकै अर्थमन्त्री महराले पूरक बजेट नल्याउने बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.