|

कञ्चनपुर : कञ्चनपुरको ग्रामीण क्षेत्रदेखि बजारसम्म तिहारको रौनकले छपक्क ढाकेको छ। बजारहरु दुलही झैं सिँगारिएका छन्। 

देउसी भैली खेल्नेहरुको ताँती जताततै देखिन्छ। थारु महिलाहरु परम्परागत पोशाकमा सजिएर नेपाली भाषाका देउसी भैली गीतमा नृत्य गरेका दृश्य निक्कै मनमोहक देखिएको छ। बजारमा फलफूल बिक्री गर्ने र विभिन्न प्रकारका मिठाइका पसल समेत बढेका छन्। कैलालीको अत्तरिया बजारमा भाइटीकाका लागि आवश्यक सामग्रीले ढाकिएको छ।

यस्तै, घर सजाउन र दाजुभाइलाई भाइ टीकाको दिन पहिराउन वस्तुको पनि छन्। घरमा झिलिमिली गर्नका लागि इलेक्ट्रिक चिम जडित मालाको व्यापार समेत उत्तिकै बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.