हत्यारालाई कारबाही माग गर्दै प्रदर्शन

|

कपिलवस्तु  : शुक्रबार राति गोली हानी वीभत्स रूपमा हत्या गरिएका सत्तारूढ दलकै स्थानीय नेताको मृत्यु भएसँगै कपिलवस्तुमा सुरक्षा संवेदनशीलतामा प्रश्न उठेको छ। जिल्लाको शुद्धोधन गाउँपालिका–४, मोतीभारीका २८ वर्षीय दीपेन्द्रकुमार चौधरी 'राजाबाबु'को गोली हानी हत्या भएसँगै अहिले स्थानीय त्रसित भएका छन्। तत्कालीन माओवादी केन्द्रका नेता चौधरीको हत्या भएसँगै सत्तारूढ दल नेकपामा सुरक्षा संवेदनाले तरंगीत बनाएको नेकपाका नेता बाबुराम खनाल बताउँछन्।

प्रहरीका अनुसार चौधरीको टाउकोमा ६ राउण्ड गोली प्रहार भएको थियो। टाउकोमा गोली लागेपछि गम्भीर अवस्थामा उनलाई रुपन्देहीस्थित भैरहवा मेडिकल हस्पिटलमा पुर्याइएता पनि उनको मृत्यु भइसेकको घोषणा चिकित्सकले गरेको थिए। उनको घटनास्थलमै मृत्यु भएको चिकित्सकको भनाइ छ।

स्थानीय विवादमा शुक्रबार राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको प्रहरी उपरिक्षक अच्युत पुडासैनीले बताए। चौधरीको शव मेडिकल कलेज भैरहवाबाट अहिले लवनी ल्याएपछि त्यहाको अवस्था तनावग्रस्त बनेको छ। हत्यारालाई कारवाही नहुञ्जेल चौधरीको शव आफन्तले नबुझ्ने भएका छन्। हत्याराको जानकारी प्रहरीलाई हुंदा समेत पक्राउ नगरेको भन्दै आफन्त तथा शुभचिन्तकहरु आक्रोशित भएका छन्।

घटना यसरी घट्यो

दीपेन्द्र चौधरी एक साधारण र सरल स्वभावका उदाउँदा नेता थिए। शुक्रबार उक्त घटना घट्नुपूर्व उनी घरमै थिए। राति ९ बजे सामान किन्न पसल गएका मृतक दीपेन्द्रका भाई जितेन्द्र चौधरीसँग स्थानीय बन्टी पाण्डे (अजित)को सामान्य भनाभन भएको थियो। अजितसँग भनाभन भएपछि जितेन्द्रले आफ्नो दाजु दीपेन्द्रलाई फोन गरी बोलाएका थिए। भाइले बोलाएलगत्तै घरबाट बाटोमा निस्किएका दीपेन्द्र र अजितबीच पुनः विवाद भएको थियो।

विवादपश्चात अजितले दीपेन्द्रमाथि गोली प्रहार गरेका मृतक दीपेन्द्रका भाइ जितेन्द्रले जनाएका छन्। सामान्य विवादमा पनि अजितले आफ्नो दाजुमाथि गोली प्रहार गरेको जितेन्द्रले बताए। प्रहरीलाई समेत यस विषयमा जानकारी भए तापनि हत्यारालाई पक्राउ नगरेको जितेन्द्र चौधरीको आरोप छ।  

लाठीचार्जबाट एकजना घाइते

घटनामा साम्य पार्न भन्दै पुगेको सुरक्षा निकायको टोलीलाई अवस्था नियन्त्रण गर्न हम्मेहम्मे परेको छ। मृतक चौधरीका आफन्त तथा शुभचिन्तकको आक्रोशित भिड नियन्त्रण गर्न भन्दै प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जबाट स्थानीय एकजना घाइते भएका छन्।

टाउकोमा मात्र ६ गोली प्रहार

मेडिकल कलेज भैरहवाको प्रारम्भिक स्वास्थ्य रिर्पोटका अनुसार चौधरीमाथि ६ राउण्ड गोली प्रहार भएको देखिएको छ। जसमा ५ गोली टाउकोमा मात्र प्रहार भएको छ। चौधरीको शव अहिले मेडिकल कलेज भैरहवाबाट कपिलवस्तु ल्याइएको छ।

तत्कालीन फोरम लोकतान्त्रिकका नेतासमेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहँदै आएका थिए। यद्यपि उनी पछिल्लो समय नेकपा तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.