कालिकोट : कालिकोटको जिल्लाको दोस्रो जिल्लासभाले मदिरा निषेधित क्षेत्र घोषणा गर्ने गरेको निर्णयलाई यहाँका उद्योगी तथा व्यापारीहरुले विरोध गरेका छन्। उद्योग बाणिज्य संघ कालिकोटले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उद्योगी तथा व्यापारीहरुले विरोध गरेका हुन्।
मदिरा निषेधित गर्न नेपालको कुनै कानुनले नदिएको र मदिरा बिक्रि वितरणमा स्थानीय सरकारले गैर कानुनी काम गरेको उद्यागी तथा व्यापारीहरुले आरोप लगाए।
बाँच्नै नदिने कानुन ल्याइयो
कतै पनि नभएको कानुन कालिकोट जिल्ला सभाले मदिरा निषेधित जिल्ला घोषणा गर्न लागेको र त्यो कुनै हालतमा मान्य नहुने उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सुर्यबहादुर शाहीले बताए। ‘मदिरा निषेधित गर्ने कुरा कुनै कानुनले पनि भनेको छैन्।’ उनले भने,‘मदिरा निषेधित क्षेत्र घोषणा गरेर व्यापारीहरुलाई व्यापार नगर भनेको हो।’
व्यापार ब्यवसाय बन्द गराउने जिल्ला सभाले ल्याएको कानुनले व्यापारीको बाच्न पाउने अधिकार हनन भएको अध्यक्ष शाहीले दाबी गरे। ‘यो भनेको व्यापार गर्न पाउँदैनौ भनेको हो।’ उनले भने,‘यसले व्यापारी बाच्न पाउने अधिकार हनन भयो।’ मदिरा बेच्न नपाउने भए कर किन लिएको मदिरा व्यापारी मदिरा व्यवसायीहरुले मदिरा बिक्री वितरण गर्न पाउनु पर्ने बताएका छन्।
मदिरा बिक्री वितरण गर्न नपाउने भए किन मदिरामा कर लगाएको उद्योग खोल्न दिएको भन्दै कालिकोट जिल्ला पेय पदार्थ ब्यवसायी संघका अध्यक्ष जीवनबहादुर शाहीले प्रश्न गरे। ‘हामीले मदिरा बिक्रि वितरण गर्न नपाउने हो किन ? राज्यले कर लगाएको हो।’ उनले भने,‘त्यो हो भने नेपालका मदिरा उद्योग बन्द गरिनुपर्छ।’
जिल्ला सभाले गैर जिम्मेवार काम गर्यो : कानुन व्यवसायी
जिल्लासभाले आफ्नो क्षेत्राअधिकारभन्दा बाहिर गएर जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न लागेको जिल्लाका कानुन ब्यवसायीहरुले बताएका छन्।
जिल्ला सभालाई नेपाल सरकारले केही सिमित अधिकार मात्र दिएको छ। जिल्लासभाले कुनै ऐन कानुन निति निर्माण गर्ने अधिकार कानुनले नदिएको तर, जिल्ला सभाले गरेको मदिरा निषेधित जिल्ला घोषणा गर्ने अधिकार पनि नभएको अधिबत्ता हिक्मतबहादुर बिष्टले बताए। ‘जिल्लासभालाई कुनै पनि नीति नियम र ऐन बनाउने अधिकार कुनै पनि कानुनले दिएको छैन्।’ उनले भने,‘मदिरा निषेधित क्षेत्र घोषणा गर्ने अधिकार जिल्लासभाको गैर न्यायिक काम हो।’
अपराध बढे निषेधित क्षेत्र घोषणा हुन्छः स्थानीय सरकार
मदिराका कारणले जिल्ला अपराधका घटनामा वृद्धि भएको र त्यसको नियन्त्रणका लागि जिल्लासभामा ९ वटै स्थानीय तहका जनप्रतिनीधिहरुले यसलाई नियन्त्रण गर्न मदिरा निषेधित जिल्ला घोषणा गर्ने निर्णय गरेको जिल्ला संमन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए। ‘जिल्ला सभामा सबै स्थानीय तहका जनप्रतनीधिहरुले मदिरा नियन्त्रण गर्न आवश्यक रहेको यसलाई नियन्त्रण गर्न लागिएको हो।’ उनले भने,‘सबै स्थानीय तहमा त्यसको प्रक्रिया पुरा भइसकेको छ।’
जिल्लामा मदिराका कारणले महिला हिंसा झैझगडा अपराध बढेका कारणले मदिरा निषेधित क्षेत्र घोषणा गर्न लागिएको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए। ‘मदिराका कारणले जिल्लामा अपराधका घटनामा बृद्धि भएको छन्।’ उनले भने,‘मदिराका कारणले हुने महिला हिंसा, झै झगडा लगाएकात अपराध नियन्त्रण गर्नका लागि मदिरा निषेधित जिल्ला घोषणा गर्न लागिएको हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।