|

कठमाडौं : शहीद स्मारक ए डिभिजन लीग फुटबलमा आज छैटौं चरणका अन्तिम दुई खेल हुँदैछन्।

बिहिबार विहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा फ्रेण्ड्स क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन्। लिगमा अपराजित रहेको आर्मीले अहिलेसम्म खेलेका पाँचमध्ये चार खेलमा जित र एक बराबरी गरेको छ। १३ अंकसहित तालिकाको चौथो स्थानमा रहेको आर्मी आजको खेल जिते तालिकाको दोस्रो स्थानमा पुग्नेछ। पाँच खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स क्लब तालिकाको १० औं स्थानमा छ। 

त्यस्तै बिहिबार नै हुने अर्को खेलमा ब्रिगेड ब्वाइज र मछिन्द्र क्लब आमने–सामने हुनेछन्। मछिन्द्र क्लबले अहिलेसम्म एउटा पनि खेल जितेको छैन भने ब्रिगेड ब्वाइजले पाँचमध्ये एक खेल मात्रै जितेको छ। ३ अंकसहित ब्रिगेड ब्वाइज तालिकाको १२ औं स्थानमा रहँदा दुई खेल बराबरी गरेर २ अंक मात्रै जोडेको मछिन्द्र तालिकाको १३ औं स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.