|

मनाङ : हाल जिल्लामा  ठूला आपराधिक घटनाहरु कम हुँदै गएका छन्। जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी खड्काबहादुर खत्रीका अनुसार जिल्लामा हाल १६ जना मात्र कैदीबन्दीहरु रहेका छन्।

डियसपी खत्रीका अनुसार जिल्ला कारागार मनाङमा कर्तव्‍य  ज्यान मुद्दामा ५ जना, डाँका चोरी ३ जना, जबरजस्तीकरणी २ जना, सवारी ज्यान १ जना, गौबधमा, ४जना सांगठनिक अपराध, सुनतस्करीमा  १ जना गरी जम्मा १६ जना रहेका हुन्।  १० वर्ष पहिले नार कान्डमा ७ जना गोरखालीहरुको हत्यापछि त्यस्तो ठूलो घटनाहरू जिल्लामा नभएको डियसपी खत्रीको भनाइ छ।

अहिले त्यो कर्तव्य ज्यानमा रहेका पाँच जनाको समय अवधि पुगेको र हाल कुनै त्यस्तो घटनाहरू नघटेको डिएसपी खड्का बहादुर खत्रीले बताए। उनका अनुसार जिल्लामा लैंगिक  हिंसा, बालविवाह र जबरजस्तीकरणी लागायतका कुनै पनि उजुरी परेका छैनन्। सानातिना घटना घटे पनि गाउँमै मिल्ने र जिल्ला नआउने उनको भनाइ  छ। 'अहिले कारागारमा रहेका सबै बन्दीहरु पहिलेका घटनाहरुका हुन् अहिले त्यस्तो कुनै  घटना छैन' डिएसपी खत्रीले भने।'
अन्य जिल्लाभन्दा फरक रहेको मनाङ जिल्ला कारागारमा कैदीबन्दीहरूलाई व्यव्थित तवरले सुविधासम्पन्न रहेको र कारागारभित्रै पढ्ने व्यवस्था मिलाइएको  प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। उनका अनुसार सिपमूलक तालिम नदिए पनि बन्दीहरूलाई अंग्रेजी  कक्षा संचालन गरी सक्षरता बनउन जोड दिएको छ। त्यस्तै, शारीरिक  व्‍याम खेलकुद र मनोरन्जनका समाग्रीको व्‍यवस्थासमेत रहेको छ।

चिसो ठाउँ भएकोले यहाँका कैदीबन्दीहरूमा नियमित स्वस्थ्य  परीक्षण गरिएको  र नियमित औषधि उपलब्ध गराई उनीहरूको स्वस्थमा चेकजाँचमा कुनै  कमी हुन नदिएको निमित्त जेलर हरिनारायण  चौधरीको भनाइ छ। उनका अनुसार खान बस्नका लागि डाइनिङ सुत्ने र ओड्ने राम्रो र व्‍यवस्थित बेडहरु उपलब्ध गराइएको छ। हाल यय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जना थुनुवा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.