उडिरह्यो जिन्दगी चुरोटको धूँवा झैँ
गुमनाम भयो जिन्दगी सुकेको कुवा झैँ ।।
सबले ताने एक–एक सर्को, माने मजा मारे धित
बनेँ जब खरानी, दुनियाँ गाउँन थाल्यो आगोसँगकै प्रीत
ढलिरह्यो जिन्दगी यो गोदाममा भिजेको रुवा झैँ
गुमनाम भयो जिन्दगी सुकेको कुवा झैँ ।।
सिउँदो रंगिन्छ सिन्दुरले, गलामा हुन्छन् हीरामाला
भयो जिन्दगी लिलामीमा पनि नचढ्ने हाडछाला
सबै बने हाँसिखुशी दूधबजारको मीठो खुवा झैँ
आफ्नै भने गुमनाम जिन्दगी सुकेको कुवा झैँ ।।
उडिरह्यो जिन्दगी चुरोटको धूँवा झैँ
गुमनाम भयो जिन्दगी सुकेको कुवा झैँ ।।
तपाईंको ईमेल गोप्य राखिनेछ ।