|

जुम्ला : आयुर्वेद औषधालयमा स्वधन (पसिना) निकाल्ने विरामीको भीड लाग्ने गरेको छ। अरु विरामी भन्दा पसिना निकाल्ने विरामी को भीड लाग्ने गरेको जुम्ला आयुर्वेद औषधालयका वैद्य पार्वती रावलले बताइन्।

वाथरोगबाट ग्रसित भएका जोसुकै उमेर समूहका विरामीले आयुर्वेद औषधालयमा आएर पसिना निकाल्ने सेवा लिने गरेको वैद्य पार्वतीको भनाइ छ। जुम्लामा चिसो महिना शुरु भएपछि विरामीको चाप बढेको आयुर्वेद औषधालय जुम्लाले जनाएको छ। प्रत्येक हप्ताको आइतबार मात्र पसिना निकाल्ने सेवा दिँदै अएको रावलको भनाइ छ। उनले पहिला प्रत्येक हप्ताको आइतबार र बुधबारको सेवा दिने गरे पनि हाल कर्मचारीको अभावले आइतबार मात्र सेवा दिने गरेको गुनासो पोखिन्। रावलले भनिन्, 'चन्दननाथ नगरपालिका जुम्लाबाट आयुर्वेद औषधालयका लागि आवश्यक वजेट विनियोजन नहुँदा विरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा दिन समस्या भएको छ।'

पसिना निकाल्नका लागि चिसो समयमा १ महिनामा २ देखि ३ वटासम्म सिलिन्डर आवश्यक पर्ने रावलको भनाइ छ। हाल दैनिक रुपमा २० जनाको हाराहारीमा सेवाग्राही आएर सेवा लिने गरेको प्रमुख हेमन्त चन्दले बताए। प्रति विरामीलाई निशुल्क रुपमा गुणस्तरीय सेवा दिने गरेको प्रमुख चन्दले जानकारी दिए। सेवाग्राहीमा प्राय:जसो विरामी भन्दा वृद्धवृद्धा बाक्लो रुपमा आउने गरेकाे बताइन्छ। त्यसमा पनि महिला सेवाग्राही वढी सेवा लिन आउने गरेको आयुर्वेद औषधालयमा आउने गरेका छन्। पुरुष भन्दा महिला बढी घरायसी काम धन्दामा सहभागी हुने भएकाले वाथरोगबाट ग्रसित हुने गर्छ। त्यस कारण पनि पुरुषको तुलनामा महिला बढी आउने वैद्य पार्वतीले जानकारी गराइन्। सवै भन्दा बढी पातारासी र गुठिचौर गाउँपालिकाका विरामीहरू आउने गरेका छन्। 

अन्य गाउँपालिका भन्दा पातारासी र गुठिचौर गाउँपालिकाका  विरामी बढी आउने गरेको रावलको बुझाइ छ। चन्दननाथ नगरपालिका, तातोपानी र तिल्ला गाउँपालिकाबाट कमै मात्र विरामी आउने गरेको रावलले जानकारी दिइन्। हिमा र सिंजा गाउँपालिकाका विरामीहरू भने अकल झुकल रुपमा आउने गरेका छन्।

पछिल्लो समय मानिसमा आयुर्वेद चिकित्सा प्रति विरामीको आर्कषण बढ्दै जान थालेको प्रमुख हेमन्त चन्दले बताए। आधुनिक जीवनशैली र विषादीयुक्त खानपानले मानिसमा नसर्ने रोगले बढी सताउन थालेपछि अन्य औषधि भन्दा आयुर्वेदिक आैषदीमा सर्वसाधारणको आर्कषण बढ्न थालेको चन्दको भनाइ छ। जुम्ला आयुर्वेद औषधालयको तथ्यांकले जिल्लामा आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण बढदै गएको देखाएको छ। आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाका ४ हजार ५७२ जनाले आयुर्वेद सेवा लिएकोमा गत आर्थिक वर्षमा सो संख्या बृद्धि भइ ५ हजार २२७ पुगेको कार्यालयका प्रमुख चन्दले बताए।

मेडिकल तथा अस्पतालको उपचारको तुलनामा असर काम हुने भएकाले आयुर्वेद औषधिप्रति आकर्षण बढदै गएको हो। औषधालयले विभिन्न प्रकारका रोगको उपचार गर्दै आएको छ। धेरैजसो ग्याट्रिक, पायल्स र बाथ रोगीका बिरामीले सेवा लिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.