चार महिला, तीन पुरुष र एक नाबालकको शव भीरमै अड्कियो

|

दार्चुला : दुहुँ गाउँपालिका ३ राताकाठामा भएको जिप दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा एक जना घाइते भएका छन।

मृतकको शनाखत हुन सकेको छैन। महाकाली किनारबाट नेपाल प्रहरीले गरेको उद्धारमा तीन जना महिलाको शव भेटिएको छ। अझैपनि चार महिला, तीन पुरुष र एक नाबालकको शव भीरमा अड्किएको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए।  घाइते  जिप चालक दिपकसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

म १ ज २८० नम्बर जिप दार्चुला खलंगा-तिंकर सडकको राताकाठा सडकखण्डबाट खस्दा झण्डै ३०० मिटर तल महाकाली किनारमा पुगेको प्रत्यक्षदर्शी जयबहादुर बमले जानकारी दिए।

राति ८ बजेतिर भएको दुर्घटनामा परेकाहरूलाई उद्धार गर्न भीर र अँध्यारोले समस्या पारेको प्रहरी निरीक्षक कठायतले जानकारी दिएका छन।

दुर्घटनाको कारण खुल्न नसके पनि कम क्षमताको सवारी साधनमा धेरै यात्रु रहनु र सडक कच्ची हुनु रहेको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.