|

कालिकोट : जिल्लाको पचालझरना गाउँपालिका ९ कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बीरेन्द्रबहादुर शाहीले विद्यालयमा राखेको विद्युतीय हाजिर प्रर्णाली घरमा नै हाजिर लगाउने गरेका छन्। विद्युतीय हाजिर सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको घरमा हाजिर लगाउन लिदैँ गर्दा स्थानीय युवाले जफत गरेर घरमा वडा अध्यक्ष जोरे तिरुवालाई बुझाए। 

जिल्लाका सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्युतीय हाजिरी प्रणाली लागू गरेका छन्। विद्युतीय हाजिरी प्रणाली लागू गरेका स्थानीय तहका कर्मचारीले अहिले विद्युतीय हाजिरी प्रणाली गलपासोको रुपमा परिणत भएको छ। शैक्षिक गुणस्तर सुधार ल्याउनका लागि पहिलो चरणमा विद्यालयमा विद्युतीय हाजिर प्रणाली सिस्टमको जडान गरिएको सान्नी त्रिणेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘विद्युतीय हाजिर प्रर्णालीको लागु गर्दा पहिलो चरणमा सबै बिरोध गरे। विशेष गरेर कामचोर कर्मचारी त्यसको बिरोधमा थिए।’ उनले भने,‘अहिले सबै सरकारी कार्यालयमा विद्युतीय हाजिर प्रणाली जडान गर्न माग गरेका छन्।’

शिक्षक नियमित स्कुलमा

विद्युतीय हाजिर प्रणालीको जडान गरेपछि विगतमा नियमित विद्यालयमा हाजिर नहुने शिक्षकहरू अहिले नियमित रुपमा विद्यालयमा हाजिर हुन थालेका छन्। नियमित विद्यालयमा हाजिर हुँदा शैक्षिक गुणस्तरका सुधार आएको छ। विगतमा नियमित विद्यालयमा हाजिर नहुने अनियमित हुने शिक्षकहरू अहिले अहिले विद्यालयमा नियमित हाजिर हुन थालेको विगतका वर्षभन्दा यो आर्थिक वर्षमा शैक्षिक गुणस्तरमा पनि सुधार आएको रास्कोट नगरपालिकाका नगर प्रमुख काशीचन्द्र बरालले बताए। ‘विद्युतीय हाजिर प्रणालीले कर्मचारीलाई एउटा सिस्टम बसाल्न सहयोगीको रुपमा काम गरेको छ।’ उनले भने,‘अनियमित हुने कर्मचारी आफ्नो कामप्रति वफादारीपूर्वक लाग्ने गरेका छन्।’

विद्युतीय हाजिर प्रणाली अन्य ठाउँमा लागू हुँदै

जिल्लाका तीन वटा स्थानीय तहहरूले विद्युतीय हाजिर प्रर्णालीको लागू गरेपछि अन्य स्थानीय तहहरूले पनि त्यसको सिको गर्न थालेका छन्। विद्युतीय हाजिर प्रणालीले शैक्षिक गुणस्तर सुधार, शिक्षकको नियमित विद्यालयमा हाजिर हुन थालेपछि यसको माग अन्य स्थानीय तहमा पनि उठ्न थालेको छ। शैक्षिक गुणस्तर सुधार, कर्मचारी नियमित भएको नभएको विषयमा जानकारी लिन विद्युतीय हाजिर प्रर्णाली सबै ठाउँमा लागु हुन आवश्यक रहेको नरहरिनाथ गाउँपालिका ९ श्री जनप्रभात माध्यमिक विद्यालयका प्रधानध्यापक निर्मलकुमार बिष्टले बताए। ‘अहिलेको स्मार्ट जमाना आएको छ। सुशासन अहिले प्रमुख चुनौती हो।’ उनले भने,‘मैले सुशासन कायम गर्नका लागि विद्यालयमा विद्युतीय हाजिर प्रणाली जडान गरेको छु।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.