कालिकोट : कर्णाली विकासको खाका कोर्न बनेको कर्णाली योजना आयोगले कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजना तयार पार्न लागेको छ। कर्णालीमा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि पर्यटन गुरुयोजना तयार पार्न लागेको हो।
पर्यटन गुरुयोजना तयार पार्न अहिले कर्णाली योजना आयोगको थालनी गरेको छ। गुरुयोजनाका प्रारम्भिक तयारीसमेत थालेको कर्णाली योजना आयोगले जनाएको छ।
अहिले विदेशी पर्यटक काठमाडौं, पोखरा, चितवनलगायतका क्षेत्रमा केन्द्रित हुने गरेकोमा कर्णालीमा विदेशी पर्यटकलाई कर्णालीमा ल्याउनका लागि गुरुयोजना तयार पारेको पारिने कर्णाली योजना आयोगले जनाएको छ।
त्रिभुज आकारमा गुरुयोजना
कर्णालीमा पर्यटकलाई भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजना तयार पार्न लागेको कर्णाली योजना आयोगले जनाएको छ।
सुर्खेत काक्रेबिहार, बुलबुले ताल देउती बज्यै, मुगुको रारा र डोल्पाको से–फोसुण्डो र त्रिपुरासुन्दरी जोड्ने त्रिभुज आकारमा पूर्वाधार निर्माण गरिने कर्णाली योजना आयोगका उपाध्यक्ष योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले बताए। ‘त्रिभुज आकारमा पूर्वाधार विकास लगायतका क्षेत्रमा गर्ने गरी गुरुयोजना तयार पार्न लागेको छौँ’ उनले भने, ‘त्यसका लागि प्रारम्भिक अध्ययनसमेत शुरु गरेका छौँ।’
कर्णाली प्रदेश सरकारले एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको त्यसलाई पूर्णता दिनका लागि पनि गुरुयोजनाको आवश्यकता रहेको आयोगका उपाध्यक्ष रेग्मीले बताए। ‘हामीले पर्यटक भित्र्याउनका लागि पूर्वाधार हस्पिलाटी र अन्य धेरै कुराको आवश्यकता रहेको छ’ उनले भने, ‘ती सबै क्षेत्रका पूर्वाधार तयार पार्ने गरी गुरुयोजना बनाउन लागेका छौँ।’
राराताल र से–फोसण्डो जोडन् ट्रेकिङ
राराताल र से–फोसण्डो जोडन् ट्रेकिङ लाइनको बनाउने त्यसका लागि अहिले पूर्वाधार विकास नभएका कारणले रारा गएका पर्यटकहरू से–फोसण्डो आएका पर्यटक रारामा नआउने र रारामा आएका पर्यटक से–फोसण्डो नजाने अवस्थाको अन्त्य गर्नका लागि अहिले ट्रेकिङ लाइनको विकास गर्न जरुरी रहेको कर्णाली योजना आयोगका उपाध्यक्ष रेग्मीले बताए। ‘अहिले हामीले पर्यटकलाई घुमाउन नै पाएका छैनौँ’ उनले भने, ‘त्यसका लागि पर्यटकलाई घुमाउनका लागि रारा र से–फोसण्डो जोड्ने रुढ तयार पार्नु आवश्यता रहेको छ।’
कर्णाली करिडोर निर्माण भए भारतीय पर्यटक वृद्धि
कर्णाली करिडोर निर्माण भएमा भारतीय पर्यटकको वृद्धि हुने कर्णाली योजना आयोगले जनाएको छ। कर्णाली करिडोर निर्माण भएमा भारतीय पर्यटक मानसरोवर जान सजिलो हुने अहिले १५ हजार भारतीय पर्यटन हुम्लाको सिमिकोट हुँदै जाने गरेको र भारतीय पर्यटकलाई कर्णाली करिडोर निर्माण भएपछि सजिलो हुने, पर्यटकको वृद्धि हुने कर्णाली विकास आयोगका उपाध्यक्ष रेग्मीले बताए। ‘कर्णाली करिडोर कर्णालीमा पर्यटक भित्र्याउने प्रमुख आधार हो’ उनले भने,‘ यो सडक निर्माण भए भारतीय पर्यटकको वृद्धि हुनेछ।’
सन् २०१८ मा कति आए कर्णालीमा पर्यटक
कर्णाली योजना आयोगको तथ्यांकअनुसार सन् २०१८ मा ३४ हजार ९ सय ३२ जना मात्रै आन्तरिक पर्यटक कर्णालीमा भित्रिएका छन्। सबैभन्दा बढी रारा तालमा बढी पर्यटक आन्तरिक पर्यटक आएको छन्। विदेशी पर्यटकको संख्या निकै कम रहेको कर्णाली योजना आयोगले जनाएको छ।
विदेशी पर्यटकमा सबैभन्दा बढी हुम्लामा आएको ती प्रायः भारतीय कर्णाली विकास आयोगले तथ्यांकमा उल्लेख गरिएको छ।
कुन-कुन कति आन्तरिक पर्यटक आए
आयोगको तथ्यांकअनुसार रारामा एक वर्षको अवधिमा तीन हजार एक सय ४० जना, जुम्लामा आठ हजार ७ सय ३८, डोल्पामा पाँच हजार ६ सय ४१ जना, हुम्लामा तीन हजार नौ सय ८९ जना, दैलेखमा तीन हजार ६ सय १६, कालिकोटमा २ हजार सात सय ४१ जना, सुर्खेतमा तीन हजार १ सय जना, जाजरकोटमा दुई हजार दुई सय ५८ जना र सल्यानमा ६ सय २२ जना आन्तरिक पर्यटकले घुमेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।