|

धनुषा : बारा–पर्साको हावाहुरी पिडितलाई प्रदेश र संघीय सरकारले राहत तथा उद्धारमा सहयोगको घोषणा गरेपनि मृतकका परिवारलाई किरियाको लागि रकम अभाव हुँदा किरियामा समस्या भएको छ। गत आइतबार विनाशकारी हावाहुरीका कारण पीडादायक जीवन बिताइरहेका बाराका प्रभावित गाउँलेहरुका मृतक आफन्तको किरिया खर्चको अभावमा समस्या भएको हो।

यता धर्म सांस्कृतिअनुसार किरिया गर्न सकस भईरहदाँ उनीहरुले सरकारसंग किरिया खर्चका उपलब्ध गराईदिनका लागि आग्रह सञ्चारकर्मी समक्ष आग्रह गरेका छन्। सरकारी राहतबारे आफूलाई केही पत्तो नरहेको बताउँदै मृतकका परिवार राजेश दासले किरिया खर्च सरकारले दिने भनेको हाल सम्म एक रुपैयाँ समेत पाउन नसकेको साथै कसरी र कस्ले दिनबारे समत अन्योलता व्यक्त गरे। हावाहुरी प्रभावितलाई संघीय सरकारबाट प्राप्त राहत बुधवार विहानै देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सेवा गरिरहेको छ। घरबारबिहीन भइसकेका प्रभावितहरुलाई चर्को घाममा ओत लाग्नसम्म ठाउँ समेत नरहेको अवस्थामा नेपाली सेनाले विहानै देखि सयौं अस्थायी टेन्टको घर निर्माण गर्न लागि परेका छन।

भत्केको घरको भगनावशेष हेरेर टोलाउँदै आएका हावाहुरी प्रभावितका लागि नेपाली सेनाले बास स्थानका लागि टेन्ट लगाएपछि हावाहुरीको पिडितहरुले केही हदसम्म राहत महसुस गरेको फेटा गाउँपालिका वडा नं. एक का वडा अध्यक्ष जयप्रकाश दासले बताए। उनले भने ‘नेपाली सेनाले अस्थायी बासको व्यवस्था गरिदिएको छ। सशस्त्र प्रहरी राहत वितरणमा लागिरहेको छ तथा नेपाल प्रहरी व्यवस्थापन हामीलाई सक्दो मद्दत गर्दैछ । साथै नेपाल प्रहरीको स्वास्थ्य शिविर सञ्चालन पछि सैयौँ विरामीलाई मिलेको छ।’

बारा–पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा सयौं घरबार विस्थापित भएपछि राहत सामाग्री लिएर आउनेहरुको ओइरो लागेको छ। पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले विभिन्न जिल्लाबाट राहत सामाग्री बोकेर घटनास्थल आउनेहरुको क्रम जारी रहेकै बेलामा अब राहतका लागि दाताहरुको सक्दो सहयोग भएकोले समस्या नआएको वडाअध्यक्ष दासको भनाई छ।

उनले भने मंगलवार सम्म राहत सामग्री वितरण गर्नेहरुले के कसो गरे थाहा नभएपछि अस्तव्यस्तता थियो, तर बुधवार देखि आफना वडामा कसले के गर्दैछन् सबैको कामको संकलन गरेर मात्रै राहत वितरण लगायतका कामहरु हुन थालेपछि व्यवस्थित भएको हो । '

गाउँपालिकाका साथै विभिन्न संघसंस्थाहरुले खाद्यान्न, लत्ताकपडा, खानेपानी, लेखापढी व्यवसायीहरुले भाडाबर्तन जस्ता सामाग्री सहयोग गरेको बताउँदै वडाअध्यक्ष दासले प्रभावितहरुको पुनःस्थापना नै मुख्य चुनौती रहेको सुवर्ण गाउँपालिका उपाध्यक्ष बबिता यादवले बताए। 

सीमाका भारतीय गाउँबाट पनि सहयोग

विनाशकारी हावाहुरी आएसंगै त्यसको विहानपल्ट देखि नै सीमावर्ती क्षेत्र भारत विहारको पूर्वी चम्पारण गाउँ लगायत विभिन्न ठाउँहरुबाट पनि राहत सामग्रीहरु आईरहेको छ। जनकपुरधाम, वीरगंज, हेटौडा, बिराटनगर, काठमाण्डौं, ओखलढुङ्गा सहितका स्थानहरुबाट भारी मात्रामा खाद्यान्न तथा लत्ताकपडा सामग्रीहरु वितरण भईरहेको गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिए। राहत सामग्रीको लाम लागेसंगै यस क्षेत्रमा मेला झै मानिसहरुको भिड लागेको जतिबेला पनि देख्न सकिन्छजतिबेला पनि देख्न सकिन्छ।

महिलालाई शौचालय भत्किदा समस्या

विनाशकारी हावाहुरीले घरसंगै शैचालय नै भत्काएपछि महिलालाई विशेष गरी शौचका समस्या भएको छ। खुल्ला दिशामुक्त अभियान सञ्चालन भएकै बेलामा शौचालय खुल्ला चौरमा शौच गर्न प्रतिबन्ध लगाईए पनि हाल हावाहुरीले शौचालय समेत उडाएर लग्दा शौचलयको समस्या देखिएको हो।

विनाशकारी हावाहुरीबाट फेटा गाउँपालिकाको भलुही, भरवलिया, पुरैनिया, प्रसौनी गाउँपालिकाको चैनपुर, कलैया उप–महानगरपालिकाको धर्मनगर, शीतलपुर, देवताल गाउँपालिकाको रमपुरवा, महागढी माई नगरपालिकाको तेलागाईं, स्वर्ण गाउँपालिकाको परशुरामपुर, पचरौता बेनैली र हर्दिया लगायतका गाउँहरु प्रभावित भएको छ। खुल्ला दिशामुक्त अभियानमा सञ्चालमा गरिरहेको सफाई अभियन्ता विनोद कुमार महतोले भने, ‘हामीले झण्डै छ महिना लगाएर खुल्ला स्थानमा दिशा गर्नुहुन्न भनेर पाठ पढाऔं, अब उनीहरुको विस्तारै शौचालयमा दिशापिसाब गर्ने बासी बसिसकेकोथ्यो तर दैवको कहर शौचलय र घर दुवै उडाएर लग्यो ।’

(बाराबाट पत्रकार रामबाबु मेहताको सहयोगमा)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.