|

काठमाडौं : शनिबार सार्वजनिक बिदाको दिन पनि सरकारी ढुकुटीमा करिब साढे तीन अर्ब रुपैयाँको राजश्‍व उठेको छ। चैत महिना आयकरको दोस्रो किस्ता बझाउने महिना भएको भन्दै अर्थमन्त्रालको निर्देशको आधारमा राष्ट्र बैंकले बैंकहरूलाई खुल्ला राख्न परिपत्र जारी गरको थियो।

महालेखा नियन्त्रकको कार्यालका अनुसार शनिबार साँझ छ बजेसम्म तीन अर्ब ४२ करोड ८५ लाख राजश्‍व उठेको छ। जसमा कर तीन अर्ब ४२ करोड ४४ लाख रुपैयाँ र गैर ४५ रुपैयाँ रहेको छ। राष्ट्र बैंकले शनिबार राति अबेरसम्म बैंकहरूलाई कारोबार गर्नको लागि आग्रह गरेको छ।

शनिबार दिउँसोसम्मको राजश्‍व जोड्दा चालु आर्थिक वर्षको नौँ महिनाको अवधिमा पाँच खर्ब १० अर्ब ८२ रुपैयाँ राजश्‍व उठेको छ। यो आठ खर्ब ३१ अर्ब राजश्‍व लक्ष्यको ६१.४५ प्रतिशत रकम हो।

त्यस्तै, सरकारले शनिबार दुई करोड ८ लाख रुपैयाँको भुक्तानीसमेत गरेको छ। यो रकम सरकारको चालु खर्च अन्तर्गतको रकम हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.